Saturday, June 27सत्यम खबर
Shadow

खेल

सिद्धार्थ विद्या सदनको दोस्रो जित

सिद्धार्थ विद्या सदनको दोस्रो जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ पौष – सिद्धार्थ विद्या सदनले प्रथमकिशोर सिंह राठौर यु–१६ कपक्रिकेट प्रतियोगितामा दोस्रोजितहासिल गरेको छ ।शुक्रबार नेपालगन्ज स्थित मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सिद्धार्थले नेपालगन्जमोडेल एकेडेमीलाई ९६ रनले पराजित गरेको छ । सुरुआतमा ब्याटिङ गरेको सिद्धार्थले २० ओभरमा १ सय ६० रन बनाएर अल आउट भएको थियो । टोलीका लागि आर्यन गुप्ताले २५ रन, सुमितनाँउले २१ रन, रियाजुदिन खानले १९ रन बनाए । नेपालगन्जमोडेलका समिर बस्नेत, अनुपबर्मा र रितेश ठकरीले २–२ विकेट लिए । जवाफमा नेपालगन्ज मोडेलले ११ ओभरमा ६५ रन मात्र बनाउन सक्यो । टोलीका लागि सुमित विष्टले १२ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् ।सिद्धार्थका सुमितनाँउले ३ विकेट, प्रशान्त तामाङ र रितेश ठकुरीले २–२ विकेट लिएका थिए । खेलमा सिद्धार्थका सुमित नाँउ म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई बाँके जिल्ला खेलकुद ...
प्रथम किशोर सिंह राठौर यु–१६ कप : आदर्श हाईस्कुल विजयी

प्रथम किशोर सिंह राठौर यु–१६ कप : आदर्श हाईस्कुल विजयी

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १२ पौष – आदर्श हाई स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आदर्शले पशुपति इङलिस मिडियम हाईस्कुललाई ९ विकेटले पराजित गरेको छ ।सुरुआतमा ब्याटिङ गरेको पशुपतिले ११.४ ओभरमा ५२ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि अमन बर्माले १३ रन, अनन्त जोशीले ११ रन बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । आदर्शका जीवन बटालाले ३ विकेट, नितेश न्यौपाने र मंयककुमार सौयले २–२ विकेट लिए । झिनो विजयी लक्ष्य पाएको आदर्शले ४.१ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । आदर्शका लागि अनुप जोशीले अविजित १७ रन, टोपेन्द्र रोकायले १४ र मंयक कुमारले अविजित ३ रन बनाए । आदर्शले २३ रन अतिरिक्त पाएको थियो ।पशुपतिका अनुप कार्कीले १ विकेट लिए । खेलमा म्यान अफ द म्याच घोषित आदर्शका जीवन बटालालाई खजुरा गाउँप...
श्रेष्ठकाे अध्यक्षतामा बाँके जिल्ला टेबल टेनिस संघ गठन

श्रेष्ठकाे अध्यक्षतामा बाँके जिल्ला टेबल टेनिस संघ गठन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १० पाैष - बाँके जिल्ला टेबल टेनिस संघको अध्यक्षमा प्रशान्त श्रेष्ठ पुन: निर्बाचित भएका छन । सोमवार नेपालगन्ज स्थित गोल्डेन एबीसी स्कुलमा सम्पन्न संघको साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती निर्बिरोध चयन भएको हो। कार्यसमितीको उपाध्यक्षमा अरुण बिक्रम शाह र गौतम सिंह परियार रहेका छन। त्यसैगरी सचिवमा भुमण्डल प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा नितु गुरुङ चयन भएका छन। संघको सदस्यमा बिकास बहादुर सिंह, बिकास राजभण्डारी, पुर्ण कुमारी थापा, युवराज कोइराला, नरेश यादव, अब्दुल अजिज बागवान रहेका छन। संघको आजै बसेको पहिलो बैठकले धन्यवादज्ञापन, प्रदेश प्रतिनिधि चयन र सल्लाहकार मनोनयन समेत गरेको छ। आगामी पुस १५ गते हुने संघको प्रदेश अधिबेशनको लागि प्रशान्त श्रेष्ठ, बिकास बहादुर सिंह र अरुण बिक्रम शाहलाई प्रतिनिधि चयन गरिएको छ भने सल्लाहकारमा सुभाष सिंह श्रेष्ठ र जितेन्द्र बह...
नेपालगन्जमा पाैष २७ र २८ गते तेक्वान्दो प्रतियोगिता हुने

नेपालगन्जमा पाैष २७ र २८ गते तेक्वान्दो प्रतियोगिता हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ९ पाैष - नेपालगन्जमा १४ औं बाँके जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही पाैष २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेले नेपालगन्जस्थित रंगशालामा प्रतियोगिता गर्न लागेकाे जानकारी गराएकाे छ । नेपालगन्ज रंगशालामा साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आयाेजक माेडेल एकेडेमीका अध्यक्ष हाेमब हादुर सुनारले प्रतियोगितामा बाँकेमाका १३ वटा डोजाङ्गहरु सहभागी हुने जानकारी दिनुभयाे । जम्मा ४ सय ९६ जना खेलाडी, २५ जना रेफ्री, १३ जना कोच लगायत गरी कुल ५ सय २९ जनाको सहभागिता रहने प्रतियोगिता उद्घाटन गर्नुअघि विभिन्न झाँकीसहित नेपालगन्ज उपमहानगर क्षेत्र परिक्रमा गरिने अध्यक्ष सुनारले बताउनुभयाे । प्रतियोगिता सञ्चालन गर्न १४ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको बाँके जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष बीरेन्द्र शाहीले बताउनुभयाे । खेलको माध्यमबाट लुम्बिनी प्...
सेन्ट जेभियर्सको सहज जित

सेन्ट जेभियर्सको सहज जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ पौष – सेन्ट जेभियर्स स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट आईतबार फराकिलो अन्तरले जित हासिल गरेको छ ।नेपालगन्ज मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सेन्ट जेभियर्सले ड्रिम ल्यान्डलाई २ सय ६ रनले हरायो ।पंकज केसीले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्दै सतकको योगदान गरेपछि सेन्ट जेभियर्सले २० ओभरमा २ सय ३५ रन जोडन सफल भएको थियो । प्लेयर अफ द म्याच पंकजले १ सय २८ रन बनाए । पंकजले ७० बल खेल्दै १९ चौका र ५ छक्का प्रहार गरेका थिए ।सेन्ट जेभियर्सका सन्जोक थापाले २७ रन, शंक्ति जंग शाहीले १३ र सुशान्त रानाले १० रन बनाए । डिूमल्यान्डका हेमन्त सार्की र आनन्द रावतले २–२ विकेट लिए । जवाफमा ड्रिम ल्यान्डका खेलाडी ६.५ ओभरमा २९ रन बनाएर अलआउट भएका थिए । ड्रिम ल्यान्डका कुनैपनि खेलाडीले दोहोरो स्कोर जोडन सकेनन । सेन्ट जेभियर्सका पंकज केसी, शंक्ति जंग शाही, बिपिन खनाल र...
किशोर सिंह राठौर यु–१६ क्रिकेट सुरु

किशोर सिंह राठौर यु–१६ क्रिकेट सुरु

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ पौष – प्रथमकिशोर सिंह राठौर यु–१६ कपक्रिकेट शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ ।सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेल एकेडेमीले १८ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि विकास कटवालले सर्वाधिक २२ रन, निश्चल पुन मगरले २१ रन, रोजिन पुन मगरले १९ रन, विवेक पुन मगरले १८ रन र प्रज्वल विष्टले अविजित ९ रन बनाए ।ब्राइट ल्यान्डका शुभम बर्माले ३ विकेट, सार्थक सुनार र प्रसिद्ध केसीले २–२ विकेट लिए । जवाफमा ब्राइट ल्यान्डले १५.५ ओभरमा १० विकेटको नोक्सानीमा ९८ रन मात्र बनाउन सक्यो । ब्राइट ल्यान्डका ब्याटस म्यान नैतिक गुप्ताले २६ रन र सार्थक दवाडीले १५ रन जोडे ।नेपालगन्ज मोडेलका सुमित विष्टले सर्वाधिक ४ विक...
बाँकेको ईगाउँमा फुटवल प्रतियोगिताको भव्य उद्घाटन

बाँकेको ईगाउँमा फुटवल प्रतियोगिताको भव्य उद्घाटन

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ पौष – बाँकेको खजुरा ४ ई गाउँमा खुल्ला नकआउट फूटबल प्रतियोगिताको शनिबार भव्य उद्घाटन भएको छ । बाजा गाजा र साँस्कृतिक कार्यक्रम सहित सुरु भएको प्रतियोगिताको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँको खेल मैदानमा उद्घाटन गर्नुभयो ।प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य खत्रीले खेलकुदको विकासका लागि आफुले पहल गर्ने बताउँदै ग्रामीण क्षेत्रमा खेलकुदका ठुला प्रतियोगिता हुनु आफैमा सह्रानीय काम भएको बताउनुभयो । क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष टेकबहादुर रोकाय, नेपालगन्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्की, खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छवी विष्ट, नेकपा एमालेका घननाथ खनाल र झगबहादुर पौडेल, नेप...
खजुरामा आजदेखि डेढलाख राशीको खुल्ला नकआउट फूटबल प्रतियोगिता

खजुरामा आजदेखि डेढलाख राशीको खुल्ला नकआउट फूटबल प्रतियोगिता

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ७ पाैष - बाँकेको खजुरा ४ ई गाउँमा आज शनिबारदेखि खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना हुने भएको छ ।न्यु दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १७ टोलिको सहभागिता रहेको क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो ।प्रतियोगिताको बिजेतालाई १ लाख, दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको छ ।ई गाउँस्थित मनकामना माविको खेल मैदानमा उद्घाटन खेल आयोज न्यु दर्पण ए र दङ्गा नियन्त्रण प्रहरी गण खजुरा बिच दिउँसो हुनेछ ।...
हनुमान चालिसा समितिद्वारा अनुज गिरीलाई सम्मान

हनुमान चालिसा समितिद्वारा अनुज गिरीलाई सम्मान

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ पौष – भारतको देहेरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १२ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् ।उत्तराखण्ड तेक्वान्दो एशोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एशोसिएसनको संयुक्त आयोजनामा गत डिसेम्बर १५ देखि १७ तरेखसम्म सञ्चालित प्रतियोगितामा नेपालका पाँच टोलीले सहभागिता जनाएका थिए । १२ वटा देशका खेलाडीले प्रतिस्पर्धा गरेकोमा बाँकेबाट सहभागी खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो । प्रशिक्षक श्रेष्ठ आफै पनि प्रतियोगितामा ५० बर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले प्रथम स्थान हासिल गर्नुभयो ।बाँकेमा विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गर्नुभएका सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली, प्रिति विष्टले प्रथम स्थान हासिल गर्दै...
नरेश नेपालीको नेतृत्वमा नेपाल कमरशियल आर्टिस्ट संघ

नरेश नेपालीको नेतृत्वमा नेपाल कमरशियल आर्टिस्ट संघ

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बब्लू शेषनेपालगन्ज, २५ मंसिर – नेपाल कमरशियल आर्टिस्ट संघ जिल्ला कार्य समिति बाँकेको प्रथम जिल्ला सम्मेलन तथा पद हस्तान्तरण कार्यक्रम आज सोमबार सम्पन्न भएको छ । केन्द्रिय सदस्य देव नारायण पौडेलको प्रमुख आतिथ्यमा सम्पन जिल्ला सम्मेलन तथा पद हस्तान्तरण कार्यक्रममा नरेश नेपालीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।...