Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीद्वारा अभिभावक र बालबालिका वीच विभिन्न खेल

क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीद्वारा अभिभावक र बालबालिका वीच विभिन्न खेल

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० फागुन – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले “सिकाईको लागि स्वास्थ शरीर, स्वस्थ शरीरको लागि खेल” भन्ने मूल नाराका साथ अभिभावक र बालबालिकाहरु वीच खेलकुदको आयोजना गरेको छ । नेपालगन्ज–१२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले उक्त खेलको पहिलो संस्करण सम्पन्न गरेको हो । सो पूर्व प्राथमिक विद्यालयले आफ्ना बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि विभिन्न रोचक र रचनात्मक कार्यक्रम गर्दै आए तापनि अभिभावक र बालबालिकालाई संगै सहभागी गराएर एउटै खेलमा खेलाएको बाँके जिल्ला मै पहिलो पटक भएको विद्यालयका प्रिन्सिपल खिमा थापाले बताउनु भयो । वर्तमान अवस्थामा अभिभावकहरुको व्यस्त समय, विभिन्न विद्युतीय मनोरञ्जन, सामाजिक सञ्जाल लगायतका उपकरणहरुको प्रयोगमा अभ्यस्थ हुने भएकोले बालबालिकाको शारीरिक विकास, वौद्धिक विकास, सामाजिक विकास र भावनात्मक विकास र संवेगात्मक विकासहरूलाई प्रत्...
विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशद्वारा उपकुलपति र विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई सम्मान

विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशद्वारा उपकुलपति र विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई सम्मान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ फागुन – विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बुधवार बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. वेदराज केसी र विभिन्न विषयमा विद्यावारिधि उपाधि पाएका नेपालगन्जका चार जना व्यक्तित्वलाई बधाई तथा सम्मान गरिएको हो । विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशकाअध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथ्य पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसीलाई विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलले खादा, अबीर सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट सिद्धिचरण श्रेष्ठका ...
महिला उद्यमीलाई उत्प्रेरणा दिंदै सकियो नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी

महिला उद्यमीलाई उत्प्रेरणा दिंदै सकियो नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ फागुन – महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन र बजारीकरणको लागि नयाँ सम्भावनाको उजागर गदैं नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८१ सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँके (विन बाँके) को आयोजनमा फागुन ६ देखि १० गते सम्म नेपालगन्जमा प्रदर्शनी भएको थियो । महिलाहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनको बजारीकरणको लागि विन बाँकेले हरेक वर्ष प्रदर्शनीको आयोजना गर्ने गरेको छ । नेपालगन्ज बागेश्वरी मन्दिर परिसरको योगा हलमा भएको प्रदर्शनीमा लुम्बिनी, कर्णाली प्रदेशका महिलाहरुले आफनो वस्तुको बिक्री वितरण गर्नु भएको थियो । प्रदर्शनीमा करिब ६० महिला उद्यमीहरुले स्टल राख्नु भएको थियो । प्रदर्शनीको समापन कार्यक्रमलाई सम्बोधन गदैं लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारले गर्ने काम विन बाँकेले गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘म निकै खुसी छु । यस्तो राम्रो कार्यक्र...
सगरमाथा ई.बोडिङ्ग स्कूलको २० औं वापिर्षकोत्सव भब्यता साथ सम्पन्न

सगरमाथा ई.बोडिङ्ग स्कूलको २० औं वापिर्षकोत्सव भब्यता साथ सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ फागुन – सगरमाथा ई. बोर्डिङ्ग स्कूल कारकाँदो नेपालगन्जले २० औं बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम शनिवार भव्यताका साथ मनाएको छ । विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ सगरमाथा ई. बो. स्कूल कारकादोले आफ्नो २० औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो । स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता स्कूलका अभिभावक तथा समाजसेवी चुडामणि प्रसाई रहनु भएको थियो । प्रमुख अतिथि प्रसाई, संस्थापक अध्यक्ष जिसी र स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । विद्यालयको उत्कृष्ट रिजल्ट, अनुशासन र खेलकुद गतिविधि बारे बाँके कै उत्कृष्ट रहेको सहभागि वक्ताहरुले बताएका छन् ...
‘प्रथम राप्ती सोनारी महोत्सव’ को तयारी तीब्र, ८० प्रतिशत काम सम्पन्न

‘प्रथम राप्ती सोनारी महोत्सव’ को तयारी तीब्र, ८० प्रतिशत काम सम्पन्न

आर्थिक, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
बिनौना, २८ माघ – बाँकेको राप्ती सोनारीमा हुन लागेको ‘प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव–२०८१’ को तयारी तीब्र पारिएको छ । आगामी फागुन १ गतेदेखि ११ गतेसम्म राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित राप्ती सोनारी रंगशालामा उक्त महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सवको तयारी तीब्र पारिएको मुख्य आयोजक राप्ती सोनारी उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष टिकाराम ढुंगानाले महोत्सवको करिव ८० प्रतिशत काम भईसकेको जानकारी दिए । महोत्सव सञ्चालनका लागि सबै पक्षसँग छलफल, परामर्श लिने काम गरिरहेको पनि उनले बताए । ‘अहिलेसम्म लगभग ८० प्रतिशत भईसकेको छ, पर्सी बिहानसम्म सबै काम सम्पन्न हुन्छ,’ उनले भने ‘महोत्सव स्थलमा निर्माण कार्यसँगै प्रचार–प्रसारको काममा पनि हामी लागेका छौं ।’ अहिले महोत्सव स्थलभित्र स्टल ब्यवस्थापनसँगै मनोरञ्जनका सामाग्री जडानको काम चलिरहेको संघक...
साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ माघ – भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँके र महेन्द्र पुस्तकालय नेपालगज्जको संयुक्त आयोजनामा सरस्वती पूजा तथा बसन्त पञ्चमीको अवसरमा सोमवार साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र पुस्तकालय नेपालगञ्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, महेन्द्र पुस्तकालय नेपालगञ्जका उपाध्यक्ष तथा का.ब. अध्यक्ष पंकज कुमार श्रेष्ठको अध्यक्षतामा प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा श्रीपञ्चमी (सरस्वती पूजाको) अवसरमा साहित्य सिर्जना दिवस तथा रचना वाचन सम्पन्न कार्यक्रममा सहभागी साहित्यकारहरुले समाज परिर्वतन, समाज सुधार लगायतका रचना वाचन गरेका थिए । प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीले माता सरस्वतीको तस्बीरमा पुष्प अपर्ण गर्नुका साथै ब्यानर वाचन गरेर कार्यक्रमको बिविधत उद्घाटन गर्नुभएको थियो । भेरी साहित्य समाज केन्द्रीय समिति नेपाल...
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ४ माघ – भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्टिूय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन् । विगतमा जग्गा दिनुहोस् भन्दै आएका अस्पतालका तात्कानिल निर्देशक डाक्टर प्रेम ज्ञवाली भएपनि हालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अहिले ३१ रोपनी जमिन दिइसेकेपछि अस्पतालको भवन बनाउन आनाकानी गरेको चाँुनारायण नगरपालिकाको आरोप छ । प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ मा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि उत्तम हुने निष्र्कष निकालेको थियो । आफ्नै नाममा पर्याप्त जग्गा हुँदाहुँदै पनि भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको चाँगुनारायण नगरपालिकाको ३ नं वडाध्यक्ष श्याम सुन्दर धिमालले बताए । वडाअध्यक्ष धिमालले भने “अस्पतालकै ना...
उपकुलपति प्रा.डा. नेपाललाई स्वागत

उपकुलपति प्रा.डा. नेपाललाई स्वागत

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ पुस – नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. धनेश्वर नेपाल महेन्द्र पुस्तकालय नेपालगन्जको आयोजनामा बिहीवार बधाई तथा स्वागत कार्यक्रममा सम्मान गरिएको छ । महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादवको अध्यक्षतामा बधाई तथा स्वागत कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई भेरी साहित्य समाज केन्द्रीय समितिका निर्वतमान अध्यक्ष हरिप्रसाद तिमिल्सिना, तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगञ्जकी अध्यक्ष मीना बराल, भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजाल अबीर तथा खादा लगायर स्वागत गरेका थिए । यसरी कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ्गक...
भारतमा ४ जना साहित्यकार ७ व्यक्तित्व सम्मानित

भारतमा ४ जना साहित्यकार ७ व्यक्तित्व सम्मानित

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर – भारतको उत्तर प्रदेश सीतापुर बिसवाँ स्थित साहित्य सृजन संस्थान, बिसवाँद्वारा आयोजित सृजन महोत्सव–२०२४ समारोहमा बाँकेको नेपालगन्जका ४ साहित्यकार सहित ७ व्यक्तित्व सम्मानित भएका छन् । वरिष्ठ साहित्यका बिश्व हिन्दू महासभा नेपालका अध्यक्ष, तथा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक बिष्णुलाल कुमाललाई वरेण्य साहित्यकार, पत्रकार स्व.महेन्द्र शास्त्री “सरल” जी स्मृति पुरस्कार सहित आकर्षक कलात्मक चित्र, भगवान श्रीरामका मनोेहरी चित्र, दोसल्ला सहित सम्मान पत्रद्वारा सम्मानित भएका छन् । ययरी शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जका उपाध्यक्ष, साहित्यकार तथा शिक्षाबिद् किरण आचार्यलाई समाजसेवी स्व.रीता ंपाण्डेय जी स्मृति सम्मान, महेन्द्र मुस्तकालय नेपालगन्जका उपाध्यक्ष तथा साहित्यकार पकंजकुमार श्रेष्ठलाई समाजसेवी स्व.सिद्धार्थ मेहरोत्रा जी स्मृति सम्...
डिसेम्बर ७ मा सोल्टी होटलमा एवन बजार हुने, अमेरिकी राजदुत डिन आर थम्पसनद्वारा उद्धाटन हुने

डिसेम्बर ७ मा सोल्टी होटलमा एवन बजार हुने, अमेरिकी राजदुत डिन आर थम्पसनद्वारा उद्धाटन हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ मंसिर – आउँदो शनिबार सोल्टी होटल काठमाडौंमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता संचालन गर्दै आएको एवन बजारको २०२४ संस्करण आउने शनिवार डिसेम्बर ७ मा आयोजना हुने भएको हो । जसको अमेरिकी राजदुत डिन आर थम्पसनले विहान ११ बजे उद्धाटन गर्नेछन् भने यस कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदुत तथा कुटनितीज्ञहरुले सहभागिता जनाउने छन् । एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न क्षेत्रका प्रभावशाली व्याक्तिले आफ्नो रुचीका आधारमा गरेका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिईदै आएको छ । यस बजारमा स्टार्टअप कम्पनी, अर्गानिक प्रोडक्ट, विभिन्न किसिमका स्थानिय उत्पादन, फेसनवेयर, हस्तकलाका सामाग्री लागयतका स्टलहरु रहने छन् । विभिन्न किसिमका आकर्षक स्थानिय रुपमा उत्पादन गरिएका क्रिसमस सजावटका सामाग्रीहरु समेत रहने यस एवन बजारमा बालबालिकाका लागि व...