Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

गोधूलि कला साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा अभिनन्दन, सम्मान तथा पुरस्कार

गोधूलि कला साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा अभिनन्दन, सम्मान तथा पुरस्कार

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ३० बैशाख – गोधूलि कला साहित्य प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा यहाँँ साहित्यकारहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कार वितरण कार्याक्रमको आयोजना गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिएको प्रतिष्ठानको उन्नाइसौँ वार्षिकोत्सव कार्यक्रममा पुरस्कार, सम्मान तथा अभिनन्दन अर्पण गरिएको हो । वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई गोधूलि वाङ्गमय शिखर अभिनन्दनले अभिनन्दित गरिएको थियो । सुवेदीलाई अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वल्र्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू राष्ट्रिय पत्रिका परिवार लगायत संघसस्थाहरुले सामूहिक रुपमा अभिनन्दन गरेका थिए । त्यसैगरि वरिष्ठ कवि लक्ष्मी मालीलाई गोधूलि काव्यश्री सम्मान...
बालबालिकाहरुकाे प्रतिभालाई उजागर गर्दै नन्द इन्टरटेन्मेन्ट

बालबालिकाहरुकाे प्रतिभालाई उजागर गर्दै नन्द इन्टरटेन्मेन्ट

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पाेखरा, ७ बैशाख - बिगत लामो समयदेखि नन्द इन्टरटेन्मेन्ट हाउस पोखराले बालबालिकाहरु रहेका प्रतिभालाई उजागर गर्दै आइरहेको छ । नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजना र इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सको सहयोगमा पोखरा चाइल्ड स्टार सिजन - ४ सम्पन्न भएको छ ।   नन्द इन्टरटेन्मेन्ट हाउसले आयाेजना गरेकाे पोखरा चाइल्ड स्टार सिजन -४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्ट म्यारी स्कूलकी आइरा गुरुङले जितेका छन्। शनिबार साँझ पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका तर्फकाे शीर्ष स्थान हासिल गरे। पुरुष तर्फ प्रथम रनरअपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनरअप अस्मिन भुजेल बने। मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते।   महिला तर्फ प्रथम रनरअप ग्रीष्मा गौतम, दोस्रो रनरअप पुनम सेन ठकुरी घोषित भइन्। ब...
‘कुलमानलाई फालेर’ सार्वजनिक : सुस्मिता स्याङतानको स्वरमा इमानदार नेतृत्वको समर्थन

‘कुलमानलाई फालेर’ सार्वजनिक : सुस्मिता स्याङतानको स्वरमा इमानदार नेतृत्वको समर्थन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ४ बैशाख - गायिका सुस्मिता स्याङतानको आवाजमा 'कुलमानलाई फालेर' बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ । गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ । गीतमा सशक्त स्वर दिएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् । संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ । गीतको ...
प्राथमिक शिक्षा वर्गको ७ दिने प्रशिक्षण कार्यक्रम समापन

प्राथमिक शिक्षा वर्गको ७ दिने प्रशिक्षण कार्यक्रम समापन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ चैत – हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेद्वारा आयोजना गरिएको ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रम आज समापन गरिएको छ । ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रममा बाँके र बर्दिया गरी जम्मा ६३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई देशमा रहेको ऐतिहासिक धरोहर, धर्म सांस्कृतिका साथै मौलिक जीवनमा अनुशासित भई आफूलाई कसरी समाज र देश विकासमा लगाउन सकिन्छ भन्ने ज्ञान दिईएको आयोजकद्वारा जनाईएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल, विशिष्ट अतिथि पूर्व मन्त्री सर्वदेव ओझा, प्रदेश संघ प्राभारी अधिवक्ता रामकुमार दिक्षीतलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संघ प्रचारक बिपुल दाहाल, ध्रुबराज शर्मा, जिल्ला संघ चालक अध्यक्ष फुलचन्द्र तिवारीको सहभागितामा कार्यक्रम समापन गरिएको थियो । ...
कविता

कविता

कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
जि शाह रोएर मात्र कहाँ हुन्छ र? जे पाउनु थियो पाएन रे जे चल्नु थियो चलेन रे मान्नु सपना चुर भयो हराउनु पनि कर लाग्यो तुहार के जीवनभर पालेर केही हुन्छ र केही भएको छैन भने हुन्छ नि रोएर मात्र केही हुन्छ र? एकको यस्तो नाम सुनाउनु सजिलोसँग केही पाएको छ जितको आफ्नो ढङ्ग हुन्छ बाटो गाह्रोसँग हुन्छ अप्ठ्यारो छ त अप्ठ्यारो छ डराएर के हुन्छ र केही भएको छैन भने हुन्छ नि रोएर मात्र केही हुन्छ र? संसारले तिमीलाई केही भनेनि जे बोल्छ त्यही बोल्छ नि तिमीहरू त बाटो थाहा छ तिमीहरू के हो आफैलाई थाहा छ पानी परे बीज लगाउन एकदिन फेरि यस्तो आउँछ सुक्छ जे रोपेको थियो कति दिन सुकेको थियो तर खेत बाझो छैन यस्तो सास देखेको छ केही भएको छैन भने हुन्छ नि रोएर मात्र केही हुन्छ र? अब उठ आँसु पुछ वीर भएर सोच जित्नु हार्नु तिम्रो हिस्सा दुईवटै हो तिम्रो किस्सा आउनु भूमि आफै सम्हाल्...
कविता

कविता

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
जि शाह कोशिश गर अवश्य हल निस्किन्छ आज नभएं पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ मेहनत गर फूललाई पानी देऊं सुक्खामा पनि फेरि फल निस्किन्छ तागत जुटाउं हिम्मतलाई आगो देऊं कमजोरको पनि फेरि बल निस्किन्छ शिरमा उम्मीदलाई ज्यूंदै राख्ने गर समुन्दरबाट पनि त गंगाजल निस्किन्छ कोशिश गर्दै जाऊं केहि गर्दै जाऊं जे रोकेको छ अहिले भइ निस्किन्छ कोशिश गर अवश्य हल निस्किन्छ आज नभएं पनि भोलि निस्किन्छ (पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जि शाह हो ।)...
कुर्सि

कुर्सि

कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८१ चैत २४ गते, आईतबार शिव प्रसाद पाठक नेपालगन्ज–६, फुल्टेक्रा हम लाए हे मतदान से कुर्सि निकाल के । इस कुर्सि को रखना मेरे बच्चे सम्हाल के हम लाए है..................... पांच वर्ष तक कुर्सि ये राज करना । डरना नही किसी से, तुम सब को चोट देना ।। रखना कदम हमेशा तुम खुद को सम्हाल के हम लाए है ...................... इन्सानियत के सर पर बैमानियत को रखना । सच की कभी न कहना तुम भूल भाल के । दल को बदलते रहना मौका को जानकर । हम लाए है .................. सहकारी को खूब खाना भ्रष्टाचार को बढाना कमीशन कभी न छोडना तुम किसी हाल मे टी. स्टेट की बनाना अपना बनाते जाना तुम जान लेना इसको भी जानकार । हम लाए है.......... शरणार्थि की पठाना सोना भी खूब खाना महगाई को बढाना तुम जान जान के । हम लाए है.......... तस्कर से मेल रखना गुण्डै पचास पालना अपने काम के समय में सबका प्र...
टुकी प्रज्ञालयकाे ८ ओैं वार्काेेत्सस सम्पन्न

टुकी प्रज्ञालयकाे ८ ओैं वार्काेेत्सस सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ चैत - नेपालगन्जमा अवस्थित मेरो टुकी प्रज्ञालय स्कुलले आफ्नो ८ औं वार्षिकोत्सव शनिवार विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव समारोहमा बालबालिकाले विभिन्न नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए । १७ वटा नृत्य र सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी प्रशिक्षिका मनिषा परियारले गरेकी थिइन् । समारोहमा कक्षा १ सम्मका १६ जना बालबालिकाले सितोरियो कराँतेका विविध काँता प्रदर्शन गरेका थिए । प्रज्ञालयमा कराँते प्रशिक्षक सकिल राइनले प्रशिक्षण दिन्छन् । समारोहमा शैक्षिक सत्र २०८१ सालमा विविध विधामा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरिएको थियो । प्रज्ञालयले प्रोफेसर हावर्ड गार्डनरले प्रतिपादन गरेको ८ बहुवौद्धिक क्षमताका आधारमा हरेक बालबालिकालाई मन्चमा बोलाई सम्मानित र पुरस्कृत गर्ने गरेको संचालक प्रिन्सिपल कल्पना शर्माले बताइन् । प्रज्ञालयले हरेक बालबालिकालाई समान व्यवहार गर...
सीमावर्ती लैंड पोर्ट रुपईडीहामा होली मिलनका साथै कवि सम्मलेन

सीमावर्ती लैंड पोर्ट रुपईडीहामा होली मिलनका साथै कवि सम्मलेन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ चैत – भारतको सीमावर्ती क्षेत्र रुपईडीहामा भारत सरकारको गृह मन्त्रालय अन्तर्गत लैंड पोर्ट अथुरिटी आँफ इण्डियाको आयोजनामा भारत नेपाल सीमामा होलीको शुभ अवसरमा रुपईडीहा इंटीग्रेटेड चेक पोष्ट सभाहलमा लैंड पोर्ट अथुरिटी आँफ इण्डियाले गरेको होली मिलन समारोह तथा हाँस्य कवि सम्मेलन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम नगर पञ्चायत रुपईडीहाका प्रमुख डाक्टर उमाशंकर वैश्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल र भारत दुबै ठाउँबाट कविहरुले आफ्ना आफ्नो रचना सुनाएका थिए र कार्यक्रममा रचना सुनाएर मनोरञ्जन गराएका थिए । कार्यक्रमको सञ्चालन कवि तिलकराम अजनबीले गरेका थिए । सर्व प्रथम लैंड पोर्ट आँफ इण्डियाका प्रबन्धक सुधीर शर्माले कार्यक्रममा अतिथिहरुलाई पुष्प गुच्छा प्रदान गरी स्वागत गरेका थिए । कार्यक्रममा कवि वीरेश पाण्डेयद्वारा वन्दना आरती प्रस्तुत गरी सम...
निबन्ध प्रतियोगिता सम्पन्न

निबन्ध प्रतियोगिता सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ फागुन – विश्व हिन्दू परिषद नेपाल बाँके जिल्लाद्वारा राष्ट्र गुरु योगी नरहरिनाथको ११० औ जन्म जयन्तीको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । नारायण माध्यमिक विद्यालय नेपालगन्जको कक्षा–९ मा अध्ययनरत छात्र–छात्राहरुमा निबन्ध प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा प्रथम मौसम थारु, द्वितीय बिष्णु रोकाय र तृतीय खगेन्द्र शाही भएका थिए । प्रथम, द्वितीय र तृतीय र सान्त्वना भएका छात्र–छात्राहरुलाई नगद राशी सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा मुख्य अतिथि विश्व हिन्दू परिषद नेपाल राष्ट्रिय महिला विभाग प्रमुख कृष्णा देवी पाण्डेय, विशिष्ट अतिथि विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण मुरारी प्रसाद भट्ट, आतिथ्यहरुमा राज कुमार रौनियार, प्रेमकुमार शर्मा, रमेशकुमार श्रीवास्तव, मनोज राजा श्रीवास्तव, अशोक गुप्ता रहेका थिए । विश्...