नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलिदेखि शुभारम्भ
आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १९ मंसिर – नेपालगन्जलाई चेनाउने उद्देश्यका साथ २०७३ सालदेखि शुभारम्भ गरिएको नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलि विहिबारदेखि शुरु हुने भएको छ ।
यस पटक नेपालगन्ज कनक्लेभमा मुख्यतः आठ वटा विषयमा प्यानल छलफल हुनेछ जसमा ख्याती प्राप्त हाँस्य कलाकार एवं वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्टसँगको अन्तरंग सम्वादबाट शुभारम्भ हुने आयोजकद्वारा प्रेस मिटमा जानकारी गराईएको छ ।
यसैगरी पहिलो सत्रमा नेपालगन्जले वर्षौदेखि भौग्दै आएको उर्जा संकटमा केन्द्रीत हुनेछ । यो सत्रमा विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग खुला छलफल तथा उर्जाको संकट टार्ने उपाय बारे विमर्श हुने जनाईएको छ । जसको शिर्षक देशले विद्युत निर्यात, नेपालगन्जले भोग्छ उर्जा संकट राखिएको छ ।
दोस्रो सत्रमा व्यापार घाटाको दिगो व्यवस्थापन, निर्यात वस्तुमा मूल्यवृद्धिमा हुनेछ । यसले व्यापार घाटाको स्थितिर्ला...









