Friday, February 7सत्यम खबर
Shadow

भारतमा ४ जना साहित्यकार ७ व्यक्तित्व सम्मानित

नेपालगन्ज, २५ मंसिर – भारतको उत्तर प्रदेश सीतापुर बिसवाँ स्थित साहित्य सृजन संस्थान, बिसवाँद्वारा आयोजित सृजन महोत्सव–२०२४ समारोहमा बाँकेको नेपालगन्जका ४ साहित्यकार सहित ७ व्यक्तित्व सम्मानित भएका छन् ।

वरिष्ठ साहित्यका बिश्व हिन्दू महासभा नेपालका अध्यक्ष, तथा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक बिष्णुलाल कुमाललाई वरेण्य साहित्यकार, पत्रकार स्व.महेन्द्र शास्त्री “सरल” जी स्मृति पुरस्कार सहित आकर्षक कलात्मक चित्र, भगवान श्रीरामका मनोेहरी चित्र, दोसल्ला सहित सम्मान पत्रद्वारा सम्मानित भएका छन् ।

ययरी शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जका उपाध्यक्ष, साहित्यकार तथा शिक्षाबिद् किरण आचार्यलाई समाजसेवी स्व.रीता ंपाण्डेय जी स्मृति सम्मान, महेन्द्र मुस्तकालय नेपालगन्जका उपाध्यक्ष तथा साहित्यकार पकंजकुमार श्रेष्ठलाई समाजसेवी स्व.सिद्धार्थ मेहरोत्रा जी स्मृति सम्मान, अवधी तथा हिन्दी लोकगायिका श्रीमती सुशीला बैश्यलाई समाजसेवी स्व. पुष्पा सिंहजी स्मृति सम्मान तथा प्रतिक चिन्ह, मधई सिंह सिख गोरायाँ, श्रीमती कृष्णादेवी पाण्डेय र राजेन्द्रकुमार बैश्यलाई प्रतीक चिन्ह र दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको वरिष्ठ साहित्यकार बिष्णुलाल कुमालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *