शाहरूख खानको ‘डार्लिङ्स’ मा आलिया भट्ट
मुम्बई (एजेन्सी), ४ फागुन – बलिउड फिल्म ‘डियर जिन्दगी’को सहकार्य र सफलतापछि अभिनेता शाहरूख खान र अभिनेत्री आलिया भट्टले पुनः सहकार्य गर्दैछन् ।शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेन्मेन्ट ब्यानरबाट नयाँ फिल्म ‘डार्लिङ्स’को तयारी भइरहेको छ । सोही फिल्मबाट शाहरूख र आलिया सहकार्य गर्ने भएका हुन् ।बलिउड हंगामाका अनुसार ‘डार्लिङ्स’को पटकथा एक आमा(छोरीको सेरोफेरोमा तयार भएको छ । जसमा आलिया मुख्य पात्रमा देखिनेछिन् । फिल्म आलियाको वाचनसँगै तयार हुने भनिएको छ ।‘उनले पटकथा पढ्ने बित्तिकै फिल्मका लागि स्वीकृति जनाइन्,’ एक स्रोतले बलिउड हंगामालाई भनेका छन् ।
पर्दामा शाहरूख भने देखिने छैनन् । शाहरूख फिल्ममा निर्माताको भूमिका निर्वाह गर्दैछन् । ‘डार्लिङ्स’बाट जसमीत के रिनले निर्देशकको रूपमा डेब्यू गर्दैछन् । उनले यसअघि सहायक निर्देशकका रूपमा भने अनुभव बटुलिसकेका छन् । जसमीतले ‘फोर्स २’, ‘फ...









