फोटो फेस्टिवल फागुन ७ र ८ गते
नेपालगन्ज, १७ माघ – नेपालगन्ज फोटो फेस्टिवल आगामी फागुन ७ र ८ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुन लागेको यस फेस्टिवलमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा संचारकर्मी र सर्वसाधारणले खिचेका फोटोहरु समावेश गरिनेछ ।पछिल्लो २ वर्ष यता खिचिएको फोटोहरु इमेल (लभउबनिगलवउजयतय२नmबष्।िअयm) मार्फत फेस्टिवलका लागि पठाउन सकिनेछ । ५ वटा विधामा खुला प्रतिस्पर्धा हुनेछ । हरेक विधामा उत्कृष्ट एउटा फोटो पुरस्कृत हुने छ । सबै विधाबाट सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ ।
समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद तथा नेपाल स्माइल (जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ ।फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । यस विधामा कम्तीमा ५ देखी १२ वटा सम्म फोटो पठाउनु पर्नेछ ।‘पछिल...







