२०७७ माघ २२ गते
?? कविता ??
दिवा सपनामा, कुलाङकार हरु जुर्मुराए होलान् ।
तिम्रा गफ सुन्दै गर्दा अवसरवादीहरु ताली थपथपाए होलान् ?
तिम्रा प्रतिगामी कदम मा तिम्रै आसेपासे सहमति जनाए होलान् ?
लेनदेन तिम्रो मिलेन, त्यो तिम्रै समस्या थियो ।
मैं मोज गर्छु, कुर्सीमा चिन्तन पनि तिम्रै थियो ।
भ्रष्टाचार, कमिशन, लुटतन्त्र कै रमिता खेल्ने ।
सरकारको नेतृत्व तिम्रै थियो ।
सुखी नेपाली, समृद्ध नेपाल काे, गीत गाउँदा हामी पनि खुस थियौ ।
दुखी नेपाली, दरिद्र नेपाल बनाउनेमा, भूमिका तिम्रै थियो ।
देशका नरेश नै जनता हुन मेरो बुझाईं मा ।
आफै राजा बनेयो, गल्ती तिम्रै थियो ।
तिम्रो निरंकुशता तानाशाहीमा आर्यघाट कै राजा रमाए होलान् ?
देशप्रतिको भावना देख्दा, हामी पनि खुसी थियौं ।
स्वाधीनता काे अडान लिँदा, देखभक्त नै हुन् गौरव थियो ।
अझै चुच्चे नक्सा छाप्दा, उत्सव नै मनाए ।
अब आएर नियाल्दा तिमी धृष्ट राज पो रहेछौ ।
आफ्नो निहित स्वार्थमा, लोकतन्त्र का हत्या ग रेयो ।
संबिधान लाई लत्याउँदै, अलोकतान्त्रिक का अभन्ता हौ ।
आफ्नो दम्भ देखाउँदै गर्दा, तानशाह प्रतिगमनकारी भयो ।
सपुत हरुकाे बलिदानी बाट,साटेको सविधान ।
त्यसको चिर हरण गर्ने दुसाशन भयो ।
सुध्रिने मौका छ, कुलाङ्कार नबन ।
जनताको भावना संग खेलवाड न गर ।
हस्तिनापुरको सभा मा रती महारथी सेना भारिनै थियो ।
लंका पति रावण, पनि बलशाली नै थियो ।
ईतिहास साक्षी छ, धेरै चुरीफुरी नगर ।
सद्दाम हुसेनकाे कथा, तिमीलाई याद नै थियो
राणा, पञ्चायत, राजसंस्थाको अन्त भएकै छ ।
तिमी त पानीको बुल बुला हो, तिम्रो के विसात छ ।
श्रवण कुमार यादव
नगर अध्यक्ष जसपा, बाँके