Saturday, April 18सत्यम खबर
Shadow

फरक पहिचानको लागि संस्कार विद्या निकेतन

नेपालगन्ज, २३ माघ – संस्कार विद्या निकेतन नेपालगन्ज–१७ परसपुर बाँकेले वार्षिक शैक्षिक खेलकूद तथा विद्यार्थीहरुलाई प्रोत्साहन कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका भित्र सरकारी स्कूल र बोर्डिक स्कूल धेरै भएपनि हालको शिक्षामा व्यवसायिक शिक्षा मात्र रहेको पाईन्छ भने त्यसभन्दा अलि फरक शिक्षाको साथ–साथै हाम्रो संस्कारलाई जोड्ने गरी गत वर्षको सरस्वती पुजादेखि स्थापना गरिएको संस्कार विद्या निकेतन हाल २ महिनादेखि पुनः सञ्चालनमा आएको प्रिन्सिपल सुचिता अर्यालले बताउनुभयो ।


हाल कोभिड–१९ को मार खेपिरहेको अवस्था भएपनि गतवर्षदेखि सञ्चालनमा आएको संस्कार विद्या निकेदनमा ४० विद्यार्थीहरु रहेको तथा उनीहरु बिच हामीले संस्कार रहित शिक्षाको सञ्चार गर्न सके अरु अभिभावकहरुको लागि उदाहरणीय कार्य सावित हुने प्रिन्सिपल अर्यालले बताउनुभयो ।


यसैगरी विद्यार्थीहरुलाई अंग्रेजी, नेपाली भाषाको साथै संस्कृत भाषामा पनि दक्ष बनाउने, संस्कार र शिक्षाबाट नेपाली सभ्यता र संस्कृतिलाई जोगाउने गरी श्रेष्ठतम् व्यक्तित्व निर्माण गर्ने, योग, व्यायाम तथा विभिन्न खेल शिक्षाका माध्यमबाट विद्यार्थीहरुको सर्वांगीत विकास गराउने उद्देश्य रहेको संस्कार विद्या निकेतनका संस्थापक कृष्णादेवी पाण्डे बताउनुभयो ।


निबन्ध प्रतियोगिता, वक्ततृत्वकला प्रतियोगिता, भ्यागुता दौड, जेरी दौड, चम्चा दौडलगायत विद्यार्थीहरु बिच सम्पन्न गरी वार्षिक शैक्षिक खेलकुल तथा प्रोत्साहक कार्यक्रममा ३० वढी विद्यार्थीहरुलाई मेडल, कपि, कलमबाट पुरस्कृत गरी प्रोत्साहित गरिएको थियो ।


धरनीधर पाठकको प्रमुख अतिथित्यतामा सम्पन्न कार्यक्रममा अतिथि शिवशरण पाठक, शिवकुमार बर्मा, संस्थापक पुनम शर्मा, सञ्चारकर्मी चन्दे्रश्वर राज त्रिपाठी, चन्द्रभाल बर्मा, शिक्षाप्रेेमी कृृष्णबहादुुर यादब, ध्रुब शर्मालगायतको उपस्थिति रहेको थियो ।
संस्थापक कृष्णदेवी पाण्डेद्वारा सञ्चालित कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न नाचहरुको प्रस्तृति गरिनुका साथै संस्कृत भाषामा स्लोक र गायत्री मन्त्रको बाचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *