Sunday, April 19सत्यम खबर
Shadow

लेनदेन हाम्रो मिलेन

??कविता??

२०७७ माघ २१ गते

मेरो आफ्नो लोकतन्त्र घायल छ।
ओलीतन्त्र काे सपना टुट्दै छ।
लेनिन बाद काे एकता मा,
लेनदेन हाम्राे मिलेन।

एकता मैले भंग गरे,
प्रतिनिधि सभाको अन्त गरे।
नारा अब यस्तो छ, सम्भव त विरलै होला।
तर दिवा सपना पक्कै छ।

पात/पात मा झिलिमिली गर्ने छु।
हावा बाट विजुली निकाल्ने छु।
हिमाल पहाड, तराई मधेस, सबैमा।
सररर रेल कुदाउने छु।

उखान, टुक्का गफगाफ गरी,
देश राम्रो संग चलाउने छु।
चुच्चे नक्सा छापेर, कार्यवन पो गरेन।
कान्दै काण्ड गराएर आफ्नो गुट जोगाए म।

भारतलाई गाली दिएर, उसको गुलामी गरे म।
मधेशीलाई गाली दिए पनि, पाइन्ट माथि धोली लगवाए म
ढुक्क हुनु प्रिय जनता, भोट मलाई दिनु होला ।
दायाँबायाँ गरियो भने,देशकै विगठन गर्ने छु।

श्रवणकुमार यादव
नगर अध्यक्ष जसपा बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *