Friday, November 22सत्यम खबर
Shadow

मिस्टर एन्ड मिस थारुको अडिसनबाट नेपालगन्जमा सुस्मिता र प्रेरण छनोट

नेपालगन्ज, २४ माघ – मिस एन्ड मिस्टर थारु सिजन ३ को अदिसन बाँकेको नेपालगन्जमा समापन भएको छ । अदिनसनमा बाँके, बर्दिया र कैलाली युवा युवातीहरुको सहभागी रहेको थियो ।
सहभागी हुनेमा बाँके बैजानाथ गाँउपालिका ३ नौबस्ताका सुस्मिता चौधरी र कैलाली टिकापुरका प्रेरण चौधरी अडिसनबाट छनोट भएको जह इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सुरेशकुमार चौधरीले बताउनु भयो ।


नेपालभरमा बिभिन्न ठाँउमा गरी आज मिस्टर एन्ड मिस थारुको अदिसन नेपालगन्ज, बिराटनगर र चितवन गरी ३ ठाँउमा भएको फाउन्डर चौभरीले बताउनु भयो । भने माघ २८ गते झुम्का, लहान बिरगञ्ज र धनगडी र फागसन १ गते काठमाण्डौँ, बुटवल र दाडंमा हुने भएको छ ।
चौधरीका अनुसार थारुको सँस्कृतिको जर्गेना गर्ने, समाजिक विकास, मेलमिलाप, भातृत्व र एकता झल्काउनेलाई मुख्य प्रथामिकता दिइने छ । भने छनोट भएका मिस्टर एन्ड मिस थारुलाई इन्टरनेशनल स्थान सम्म पुर्याउने लक्ष्य रहेको छ । नेपालभर अदिसन लिइ ५० जनालाई छनोत गर्ने लक्ष्य रहेको छ । छनोट गरेका सहभागहिरलाई काठमाण्डौ १ महिना तालिम दिएर फिनालेमा सहभागी गराइने छ ।


नेपालगन्ज अदिसनको जजमेन्टमा थारु कल्याण करिणी सभा बाँकेका अध्यक्ष, नेपाल पत्रकार महासंघका बाँके शाखाका सदस्य प्रजोल श्रेष्ठ, थारु गायीक तथा मोडेल श्री देवि चौधरी, मोडेल सुनिता दहित र शिवंगी राण रहेका थिए । मिटर एन्ड मिस थारुको मुख्य प्रयोजन जह इन्टरटेनमेन्टले गरेको छ ।


यस प्रतियोगिताको पहिलो संस्करणको किस्टर चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी रहेको थिए भने दोस्रो संस्करणमा मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी रहेका थिए । पहिलका ग्राण्ड फिनाले संघिय राजभानी काठमाण्डौमा हुन्दै आएको थियो भने यस पटक थारु भुमीको रुपमा चिनिएको चितवनमा ग्राण्ड फि नाले हुने भएको छ र आउदो चैत्र महिनाको ७ गले ग्राण्ड फिनाले हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *