कुमालकाे नेतृत्वमा श्रीचन्द्र मन्दिर संरक्षण समिति
नेपालगन्ज, ३ फागुन - नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ रामनगर बुलबुलिया रोड, शिवपुरीमा अवस्थित श्रीशिवपुरी श्रीचन्द्र मन्दिर संरक्षण समितिको आज ७० बढी समाज सेवी, वडाअध्यक्ष, समाजसेवी, सन्त महन्त तथा अन्य गुठी महन्तहरूको उपस्थिती नयाँ (तदर्थ) कार्य समित सर्ब सम्मतिले गठन गरिएकाे छ ।
श्रीशिवपुरी श्रीचन्द्र मन्दिरकाे १५ सदस्यीय तदर्थ समिति वरिष्ठ समाजसेवी बिष्णुलाल कुमालकाे नेतृत्वमा गठन गरिएकाे हाे ।
तदर्थ समितिकाे उपाध्यक्षद्वयमा प्रशान्त बिष्ट, सुदीप नर्सिंह राणा, सचिवमा रामप्रसाद कुमाल, कोषाध्यक्षमा स्वामीदयाल वैश्य, सहसचिवद्वयमा अल्पनाकुमारी गुप्ता र रामबाबू वैश्यलाई चयन गरिएकाे छ ।
त्यसैगरी सदस्यहरूमा क्रमशः अभयकुमार गुप्ता, किरणदेवी कुमाल, साबित्री शर्मा, अयोध्याप्रसाद वैश्य, केदारनाथ गुप्ता, ओंकार शाही, डिम्पल थापा र अमन गुप्तालाई चयन गरिएकाे अध्यक्ष कुमालले जानकारी गराउनु भए...









