Wednesday, April 29सत्यम खबर
Shadow

‘धर्मनिरपेक्षताको म पक्षधर होईन’: मानवअधिकारवादी पहाडी

‘विद्रोही’
नेपालगन्ज, ८ माघ – नेपालगन्जमा २०६२÷०६३ सालमा भएको जनआन्दोलन भाग–२ मा धर्मनिरपेक्षताको मांग थिएन, योपछि कहाँबाट आयो मेरो जानकारीमा पनि छैन । धर्मनिरपेक्षताको पक्षधर म पनि होईन यो संसदबाट नै सच्चिनु पर्छ । उक्त कुरा मानवअधिकार शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले भन्नु भएको हो ।
विहिबार सांझ नेपालगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा मानव अधिकार शान्ति समाज बाँके शाखाले आयोजना गरेको असंवैधानिक र अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटनः प्रतिगमनको शिलशिला विषयक नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी पहाडीले भन्नुभयो– ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिगमनको पाईला अगाडी बढाउनु हुँदै प्रतिनिधि सभा हचुवाको भरमा विघटन गर्ने सिफारिस गरे’, उहाँले सर्वोच्चका पाँच वटा प्रधानन्यायधिश तर्फ ईंगित गर्दै भन्नुभयो– ‘बल अहिले पाँच पाण्डवको कोर्टमा छ, तर हामीले बुझ्नु पर्छ कि पछाडी दुष्शासन पनि बसेको छ ।’


‘खड्क ओली प्रतिनिधि सभा विघटन गर्ने छन् यसबारे मलाई पहिले नै जानकारी थियो । यो कुरा मैले सुवास चन्द्र नेम्वा·को अगाडी उठाएको थिए । तर उहाँ उफ्रिंदै भनेका थिए यस बारे व्यवस्था नै छैन, कसरी प्रतिनिधिसभा विघटन हुनेछ ? हुनै सक्दैन भनेका थिए । अहिले असंवैधानिक, अलोकतान्त्रिक ढंगबाट प्रतिनिधि सभा विघटन गरिएको छ । यसबाट संविधान समाप्त हुने र देश निरंकुशता तर्फ बढ्ने छ । यस कारण संविधानलाई बचाउन नेपाली जनता अहिले सचेत र सजग हुनुपर्ने जरुरी रहेको’ भन्नुभयो ।


प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले यही २०७२ को संविधानलाई सर्वोत्कृष्ट भन्नु भएको थियो । आज यही सर्वोत्कृष्ट संविधानलाई उहाँहरुले आगो लगाई रहनु भएको छ । यस कार्यक्रममा वरिष्ठ उपसभापति गोबिन्द खनाल, केन्द्रिय महासचिव सुशिल बस्नेत, कानुन व्यवसायीद्वय प्रहलाद कार्की, विश्वजीत तिवारी, नेपालगन्ज उद्योग वाणिज्य संघका नि. अध्यक्ष नन्दलाल वैश्य, समाजका केन्द्रिय कार्यसमितिका उत्तम पुडासैनी लगायतले आ–आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी, कवि अर्जुन पराजुलीले आफ्नो कविताबाट राजनीतिक क्षेत्रमा ब्याप्त अनियमितता माथि व्यग्य·योक्ति गर्नु भएको थियो । कार्यक्रम समाजका जिल्ला अध्यक्ष प्रभाकर भट्टराईको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *