Monday, April 13सत्यम खबर
Shadow

मोटरसाईकल र कार र्यालीको तयारी पुरा

नेपालगन्ज, ३ फागुन – ‘धर्म साझा, देश साझा र राजा साझा’ भन्ने मूल नारासाथ फागुन ४ गते नेपालगन्जमा हुन गईरहेको बृहत मोटरसाईकल र कार र्यालीको तयारी पुरा भएको जनाइएको छ ।
नेपालगन्जमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक संस्था मध्यपश्चिमाञ्चलबासी नेपाली जनताले उक्त मोटरसाईकल र कार र्यालीको तयारी पुरा भएको बताएका छन् ।


नेपालगन्जको धार्मिक स्थल बागेश्वरी मन्दिर प्राङ्गणबाट दिउँसो १२ः३० बजे ¥याली शुरु हुने जानकारी गराउँदै न्यूरोड, पुष्पलाल चौक, कारकाँदो हुँदै बसपार्क बाईवास, फुल्टेक्रा, चारबाहिनी, बुलबुलिया, सुर्खेतरोड, विरेन्द्र चौक हुँदै त्रिभुवन चौकमा पुगी कोण सभामा परिणत हुने बताइएको छ ।


मोटरसाईकल र कार ¥यालीलाई अभियान कै रुपमा सञ्चालन गरी विगतमा पोखरा, ईटहरी, विराटनगर, धनगडीमा सञ्चालन गरी सम्पन्न गरिसकेको जानकारी गराउँदै अब नेपालगन्ज हुँदै अन्य स्थानमा समेत जारी राख्ने अभियानका अगुवा मदनराज शर्माले बताउनुभयो ।
यस अभियान अन्तर्गत सबै धार्मिक संघ संस्थाहरुको सहभागिता रहेको बताएता पनि यो अभियान आयोजना गर्ने मध्यपश्चिमाञ्चलबासी नेपाली जनता मात्र रहेको कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा बताइएको थियो ।


विगत जस्तै यसपटक सबैजना मिलेर अभियानमा हातेमालो गरेको भएतापनि यसमा कुनै एक धार्मिम संस्था वा पार्टीले मात्र जस लिने कार्य गर्नु उचित नभएको बताउँदै सबैको सहकार्यमा अभियान चलाइएको अभियानका अगुवा राजकुमार रौनियारले बताउनुभयो ।


आयोजकद्वारा जारी प्रेस विज्ञप्तीमा ‘विश्वका मुलुकहरु मध्ये नेपाल अधिराज्य एक स्वतन्त्र तथा अभिभाज्य मुलुक आफ्नो मौलिक संस्कृति, परम्परा, भाईचारासहित सनातन धर्मको संरक्षण सम्बन्धी गरी विकासको बाटोमा अगाडी बढिरहेको उल्लेख गर्दै अगाडी भनिएको छ अधिराज्य जुन अधिराज्यले विश्वका अरबौं हिन्दूहरुको तथा हिन्दूहरुको सम्राटको प्रतिनिधित्व गरिरहेको मुलुकबाट नै कुठाराघात गरि केही विदेशी मुलुकहरुको इशारामा केही अमुख राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थपूर्तिमा मात्र तल्लिन रहेको अवस्थामा सम्पूर्ण नेपालीहरुको विश्वास गणतन्त्र, धर्म निरपेक्ष र संघीयता नभई नेपालीहरुको अभिभावक स्वरुप राजसंस्था, सनातन धर्म सहितको हिन्दू अधिराज्य र संघीयता खारेजीको माग रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कार्यक्रममा अनिल बस्नेत, राजकुमार रौनियार, मदनराज शर्मा, देवेन्द्र पौडेल, मनोज श्रेष्ठ, ऋषि देवकोटा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *