Wednesday, April 15सत्यम खबर
Shadow

नन्दलाल वैश्यको नेतृत्वमा पुनः प्रेस स्वतन्त्रता सेनानी स्मृति प्रतिष्ठान

नेपालगन्ज, २५ माघ – प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको साधारण सभा आज आईतबार नेपालगन्जमा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा सम्पन्न गरिएको छ ।
आज सम्पन्न गरिएको साधारण सभामा अध्यक्ष वैश्य र कोषाध्यक्ष अक्षरी पोखरेलले प्रतिष्ठानद्वारा हालसम्म गरिएको कार्यप्रगति तथा आर्थिक प्रतिवेदन पेश गरिएको थियो ।


आज सम्पन्न साधारण सभाले विधान संशोधन लगायत निर्णय गर्दै संस्थाको आर्थिक कारोबार सञ्चालनको लागि ज्योति विकास बैंकमा अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन गर्ने, संस्थाको पान दर्ताको लागि संस्थाका उपाध्यक्ष अजयकुमार गुप्तालाई सम्पूर्ण जिम्मेवारी दिने, प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्यले नेपालगन्जको विकासमा गरेको योगदानको कदर गर्दै उहाँको नामबाट बाटो–सडक र चोकको नामाकरण गर्नको लागि नेपालगन्ज उपमहानगरपालिकासँग मांग गर्ने निर्णय गरिएको थियो ।


यसैगरी उक्त कार्यहरु गर्नको लागि उपाध्यक्ष र सचिवलाई सम्पूर्ण जिम्मेवारीहरु दिने, प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्यको स्मृतिमा आगामी फागु पूर्णिमा (होली) पर्वको अवसर पारी होली मिलन कार्यक्रम चैत्र १३ गते सम्पन्न गर्ने गरी वरिष्ठ पत्रकार पूर्णलाल चुकेको संयोजकत्वमा कार्यक्रम आयोजित गर्ने निर्णय गरिएको थियो ।


साधारण सभामा बोल्दै अध्यक्ष वैश्यले– ‘कोभिड–१९ को महामारीका कारण प्रतिष्ठानले स्व. श्रीराम गोपाल वैश्यको वार्षिक पुण्यतिथी कार्यक्रम भब्यताले सम्पन्न गर्न नसके पनि पुण्यतिथीको दिनमा बुलबुलिया स्थित निल सागर बृद्धाश्रममा जेष्ठ नागरिक, सुत्केरी महिला, अशक्तहरुमा न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।’
आजै साधारण सभामार्फत नन्दलाल वैश्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । अध्यक्षताको आसनबाट बोल्दै अध्यक्ष वैश्यले विगतमा गर्न नसकेको सामाजिक कार्यहरु अब थप ऊर्जाका साथ सबैको सहकार्यले गर्ने प्रतिबद्धता गर्नुभयो ।


नव गठित प्रतिष्ठानको उपाध्यक्षमा अजयकुमार गुप्ता, सचिवमा रुद्र सुवेदी, सहसचिव आशा ढकाल, कोषाध्यक्षमा अक्षरी पोखरेललाई चयन गरिएको थियो ।
त्यसैगरी सदस्यहरुमा क्रमशः झलक गैरे, गोबिन्द शर्मा, शुक्रऋषि चौलागाई, विश्वजीत तिवारी, बलबहादुर चन्द, अनुपकुमार गुप्तालाई चयन गरिएको थियो भने सल्लाहकारमा वरिष्ठ पत्रकारद्वय पूर्णलाल चुके, हेमन्त कर्माचार्य, अधिवक्त टिकाजंग सिंहलाई चयन गरिएको प्रतिष्ठानका उपाध्यक्ष गुप्ताले बताउनुभयो ।
उक्त साधारण सभामा चन्द्रेश्वरराज त्रिपाठी, जहिरुल हक ‘जिनु’, दिनेशकुमार श्रीवास्तव, मो. आरिफ अन्सारी, रमेशचन्द्र कुमाल, लक्ष्मी गुप्ता, सोनाली गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *