Monday, May 4सत्यम खबर
Shadow

पुर्व कैप्टन क्षेत्रीकाे मन छुने स्टाटस ! कतिकाे ध्यान गयाे त ?

नेपालगन्ज, १२ बैशाख – नेपालगन्जमा केही दिनदेखि लगातार काेराेना संक्रमितहरूकाे संख्यामा वृद्धि हुँदै गईरहेकाे छ । याे ग्रापमा वृद्धि हुनु बाँकेबासीकाे लागि दुखद नै मान्नु पर्दछ ।

याे ग्राप बढ्दा के गरि बसेका छन् त यहाँ जनप्रतिनिधिहरू, सम्बन्धित प्रशासनिक अंगहरू तथा यहाँ रहेका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरू भनी हाल आम सर्वसाधारणहरूकाे प्रश्न रहेकाे पाईन्छ ।

तर सम्बन्धित सम्पुर्णले केही न केही गरेकै छन् । काेही काे काेभिड चेन ब्रेक गर्नतर्फ ध्यान रहेकाे छ भने काेही काे काेभिड बिरामीहरूलाई उपचारमा कसरी सहजता प्रदान गर्न सकिन्छ भन्नेतर्फ रहेकाे पाईन्छ ।

तर यहाँ कतिपय आम व्यक्तित्वहरू छन जाे चेतनामा वृद्धि गर्न आ-आफ्नाे स्थानबाट काम गरिरहेका छन् । कतै मिडियाकर्मी साथीहरूले उनलाई नजरअन्दाज त गरेका छैनन् ?
आजकाे मितिमा हामीले फेसबुकमा बिहान उठ्ने बितिकै प्राय जन्मदिन, मृत्यु, सम्मान बधाईलगायतकाे म्यासेज वा स्टाटस लेखेकाे पाउँछाै ।
हामी एक पटक विचार गराै काेभिडकाे बढ्दाे ग्रापलाई घटाउन हामी सब जना मिलेर आ-आफ्नाे फेसबुक स्टाटसमा जनचेतना सम्बन्धि विचार लेख्दा केही असर गर्छ कि ।

पुर्व कैप्टन, क्रिकेट प्रेमी लेख क्षेत्रीले आज आफ्नाे स्टाटसमा लेख्नु भएकाे शब्दले धेरैकाे मन छाेएकाे पाईन्छ । पुर्व कैप्टन क्षेत्रीले “सम्पूर्ण जनमानस/संघ-संस्थाहरुमा विनम्रताका साथ हार्दिक अनुरोध : आ-आफ्नो धार्मिक/सांस्कृतिक/सामाजिक/राजनैतिक लगायतका अन्य सभा/समारोह/जमघट/अनुष्ठानहरू कम्तीमा १ महिनाका लागि स्थगित गर्नुहुन र यस्ता कार्यक्रमहरुमा पनि समेत सरिक नहुन अनुरोध, गर्नैपर्ने भए घरभित्र रहेका सदस्यहरु मात्र सहभागी भई कार्यक्रम गर्न गराउन अनुरोध । यो महामारीको फैलावट रोक्न आम जनमानसले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि आ-आफ्नो जिम्मेवारी वहन गर्न हार्दिक अपील गर्दछु। हाम्रो दृढ संकल्पले मात्र कोरोनाको प्रकोपबाट बच्न सक्छौं। नेपालमा सरकार पनि छ भन्नि अनुभूति हामी जनमानसलाई महसुस गर्न गराउन सम्माननीय प्रधानमन्त्रीज्यू लाई हार्दिक अनुरोध गर्दछु” भनी लेख्नु भयाे ।

हाम्राे ध्यान यसतर्फ गएकाे अवस्थामा हामीलाई अक्सिजन ग्यासकाे पनि अभाव नहुने, थप आईसाेलेसन वार्डकाे पनि आवश्यकता नहुने र बिरामी भई अस्पतालकाे बेडमा छटपटाउने अवस्था समेत नहुने मदनराज शर्मा बताउँछन् । शर्माले भने यति मात्र हाेईन उपमहानगरपालिकाले प्रत्येक वार्डमा उपस्वास्थ चाैकीलाई काेभिड बिरामीकाे लागि तयारी गरि आफुलाई भाेट दिई जिताउने जनप्रतिनिधिहरूले चिनाउन महत्वपुर्ण भूमिका खेल्ने सुझाव समेत दिनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *