नेपालगन्ज, १० बैशाख – जिल्ला प्रहरी बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीलाई मायाको चिनो प्रदान गरी बिदाई बाँकेबाट बिदाई गरिएको छ ।
प्रहरी निरीक्षक खत्री मिति २०७६÷०९÷११ गतेदेखी हालसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा अप्रेशन कमाण्डरको रुपमा कार्यरत रही बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस रोकथाम तथा सरकारद्वारा गरिएको लकडाउनलाई पुर्ण रुपले कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका खेलेको जिल्ला प्रहरी बाँके स्रोतले जनाएको छ ।
यसैगरी प्रहरी निरीक्षक खत्री अपराध अनुसन्धान, शान्ति सुरक्षा, प्रहरी परिचालन लगायतका अन्य प्रहरी कार्यमा समेत उत्कृष्ट तवरले जिम्मेवारी वहन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय बाँके दरबन्दी भई तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंको २०७७ चैत २७ गतेको पत्रादेशले ईलाका प्रहरी कार्यालय मझगवा रुपन्देही सरुवा भएको जनाएको छ ।
आज शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा एक बिदाई कार्यक्रमको आयोजना गरी प्रहरी प्रमुख ओमबहादुर रानाबाट प्रहरी निरीक्षक सुरज खत्रीलाई मायाको चिनो प्रदान गरी बिदाई गरिएको जनाईएको छ ।
कार्यक्रममा प्रहरी उपरीक्षक राना प्रमुख अतिथि रहेको थियो भने जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी ईकाइबाट सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवान हवल्दारको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक रानाले सरुवा भई जान लागेका प्रहरी निरीक्षक सुरज खत्रीलाई पारीवारिक तथा ब्यवसायिक जिवन सफलताको शुभकामना समेत प्रदान गरेका थिए ।