Sunday, May 31सत्यम खबर
Shadow

अतिविपन्न परिवारहरुलाई खाद्यान्न सहयोग

नेपालगन्ज, ३१ जेष्ठ – भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले केयर नेपालको सहयोगमा नेपालगन्ज उपमहानगर क्षेत्र भित्रका कोभिड–१९ बाट प्रभावित भएका अति विपन्न, दलित र शारिरिक अशक्त भएका परिवारहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।
पहिलो चरणमा २५ परिवारलाई बितरण गरिएको छ । बाँकी दोश्रो चरणमा ७५ परिवारलाई पनि बितरण गरिने कार्यक्रम रहेको संस्थाका निर्देशक डम्मर सुनारले बताउनु भयो ।


बितरण गरिएको सामाग्रीहरुमा चामल ५० किलो, रहर दाल ३ किलो, चना डेढ किलोे, पिठो ५ किलोको प्याकेट, तोरीको तेल साढे २ लिटर, २ किलो आयोनून, २ किलो चिनी र नुहाउने लाईफ व्वाय साबुन ४ थान गरी प्रति परिवारलाई ५ हजार २ सय रुपैया पचास पैसा बराबरको खाद्य भौचर मार्फत उपलब्ध गराईएको बी–ग्रुपका लेखा अधिकृत बेदप्रकाश दिक्षितले जानकारी दिए ।


बाँकेमा कोरोना संक्रमणको त्रासबाट जोगिन आव्हान गरिएको निषेधाज्ञाका कारण जनजिविका चलाउन समस्यामा परेका नेपालगन्ज उपमहानगर भित्रका विपन्न, दलित तथा शारिरिक अशक्त लाभग्राहीहरुले बी–ग्रुपले उपलब्ध गराएको खाद्यान्न सहयोगले ठूलो सहयोग पुगेको बताएका छन् ।
कोरोना कहरका कारण बाँकेको नेपालगन्जमा बैशाखको पहिलो सातादेखि निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञाको कारण विपन्न, दलित र शारिरिक अशक्तको जनजीवन प्रभावित भएको अवस्थामा नेपालगन्ज उपहानगरपालिकाको अनुरोधमा खाद्यान्न सहयोग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *