Friday, April 17सत्यम खबर
Shadow

जानकीका १,२ र ३ का २१ छात्राहरूलाई साईकल वितरण

जानकी, पचपाेखरा, २६ जेष्ठ – एकता शिक्षा समाज कल्याणद्वारा आज २१ जना छात्राहरूलाई साईकल वितरण गरिएकाे छ ।
जानकी गाउँपालिका वडा नं. १, २ र ३ का प्रत्येक वडाका ७ जना छात्राहरूकाे दरले २१ जना छात्राहरूलाई जानकी गाउँपालिका वडा नं. १ पचपाेखरामा एकता शिक्षा समाज कल्याण संस्थाद्वारा एक भब्य कार्यक्रमकाे आयाेजना गरि प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालकाे हातबाट आज बुधबार हस्तान्तरण गरिएकाे छ ।
छात्राहरूलाई साईकल हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीकाे आशनबाट बाेल्दै उपाध्यक्ष धितालले भन्नुभयाे- गाउँपालिकाबाट गरिएकाे याे सानाे सहयाेगले छात्राहरूलाई पढाइ गर्न थप उर्जा प्रदान गर्नुका साथै घरदेखि विधालयसम्म पुग्न लाग्ने समयकाे समेत सदुपयाेग हुने विश्वास व्यक्त गर्नुभयाे ।
यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य पदम धितालले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमकाे उद्देश्य बारे जानकारी गराउँदै भन्नुभयाे- गाउँघरमा गरिबीका कारण, आर्थिक अवस्था कमजाेर हुनुकाे कारणले कतिपय घरपरिवारका छाेरीहरू कक्षा ५ भन्दामाथिकाे अध्ययन गर्न नसकेकाे कारण यस्ताे याेजनाले उनीहरूलाई प्राेत्साहित गरिने भएकाेले एकता शिक्षा समाज कल्याण संस्थाकाे प्रस्तावमा आज छात्राहरूलाई साईकल वितरण कार्य गरिएकाे र साेही उद्देश्य प्रर्तिकाे लागि आउने दिने थप छात्राहरू समेत सामेल गर्ने प्रतिबद्धता गर्नुभयाे ।

अवधी पत्रकार संघ नेपाल बाँके जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले भन्नुभयाे- साईकल प्रदान गरि छात्राहरूलाई हाैसला थपिएकाे हुँदा शिक्षाबाट बञ्चित रहेका छात्राहरू आउने दिनमा अध्ययनमा सहभागी भई आफ्नाे घरपरिवारकाे मात्र नभई समाज र देशकाे नाम समेत उच्च राख्ने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा जानकी गाउँपालिकाका प्राशसकीय अभिकृत बासबहादुर राना, वडा नं. १ का वडाअध्यक्ष माेहम्मद रजा राईलगायतले साईकल उपहार प्राप्त गरि थप उर्जाका साथ विधालयमा अध्यापनतर्फ छात्राहरू आकर्षित हुने धारणा राखेका थिए ।
कार्यक्रमकाे सञ्चालन अवधी पत्रकार संघ नेपालका केन्द्रिय काेषाध्यक्ष सन्ध्या शर्माले गर्नु भएकाे थियाे भने समापन एकता शिक्षा समाज कल्याण संस्थाका अध्यक्ष सकिल अहमत राईले गर्नु भएकाे थियाे ।
साईकल उपहार पाएपछि छात्राहरूले अब विधालय समयमा पुग्न सहयाेग पुग्ने भन्दै खुसि हुँदा सहकार्य गर्ने एकता शिक्षा समाज कल्याण संस्था र जानकी गाउँपालिकालाई धन्यबाद व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *