
खजुरा, २६ जेष्ठ – अखिल नेपाल महिला संघ बाँकेद्वारा कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
प्रदान गरिएका सामाग्रीहरुमा सेनिटाइजर, माक्स, पिपिइ, फेसियल, ग्लप्स लगायतका सामाग्री रहेको अनेसंघका केन्द्रिय सदस्य अछरी पोखरेलले जानकारी दिनुभयो ।
अनेमसंघ बाँकेले खजुरा आइसुलेसनमा बसेका व्यक्तिहरुलाई स्वास्थ्य उपचारमा सानो भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री प्रदान गरेको हो । केहि दिन अघि अनेमसंघका केन्द्रिय सचिव सुजिता शाक्यद्धारा अनेमसंघ बाँकेलाई प्रदान गरिएका स्वास्थ्य सामाग्री आज बुधबार खजुरा गाउँपालिका अन्तर्गत रहेको आइसुलेसनमा प्रदान गरिएको छ ।
अनेमसंघ केन्द्रिय सचिवालय सदस्य शान्ति ढकालद्वारा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई उक्त सामाग्री प्रदान गरिएको छ ।
अध्यक्ष कक्षपतिले अनेमसंघले प्रदान गरेको स्वास्थ्य सामाग्री खजुरा गाउँपालिका अन्र्तगत रहेको आइसुलेसनमा सहयोगी हुने बताए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा एमाले बाँकेका सचिवालय सदस्य भिम वली, अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज विम्मीरानी पन्थी, केन्द्रिय सदस्य विजया धिताल, अनेमसंघ जिल्ला सदस्य मिना ढकाल र आइसुलेसन सञ्चालक लगायतको सहभागिता रहेको थियो ।


