नेपालगन्ज, २९ जेष्ठ – कशौधन वैश्य समाज, कशौधन वैश्य समाज युवा मञ्च, कशौधन वैश्य समाज महिला मञ्चको संयुक्त आयोजनामा कोभिड–१९ कोरोना भाईरस संक्रमित भई बैकुण्ठ वास भएका आफ्ना सदस्यहरुको सम्झनामा शोक सभाको आयोजना गरेको थियो ।
कशौधन वैश्य समाजका पूर्व अध्यक्ष स्वर्गिय जगदीश प्रसाद वैश्य, निवर्तमान अध्यक्ष सुनिलकुमार बानियाकी धर्मपत्नी स्वर्गिय सुनिता वैश्य, शमशान भूमि कार्यसमिति सदस्य स्वर्गिय रामकुमार वैश्य, कशौधन वैश्य समाजका सदस्य स्वर्गिय राधेश्याम वैश्यलगायतकाहरुको स्वर्गवास हुँदा यस कशौधन वैश्य समाजलाई अपूर्णिय क्षति भएको तथा उहाँहरुलेको योगदानले कशौधन वैश्य समाज आज यो अवस्थामा पुगेको भन्दै कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले बताएका थिए ।
शोक सभामा कशौधन वैश्य समाजका महासचिव सत्यनारायण वैश्य, कशौधन वैश्य समाज युवा मञ्चका अध्यक्ष आदित्य गुप्ता, महिला मञ्चकी अध्यक्ष तथा स्वार्गवास भएका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो भने स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी शोक सभाको आयोजना गरिएको जनाईएको छ ।