Wednesday, April 15सत्यम खबर
Shadow

कोभिड रोगबाट बच्न वडामा चेतनामुलक तथा मास्क वितरण अभियान

नेपालगन्ज, २६ जेष्ठ – कोभिड–१९ संक्रमण महामारी विरुद्ध नेपालगन्जमा सचेतनामूलक अभियान शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ५ नं. वडा कार्यालय र सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा वडामा कोभिड–१९ को संक्रमणबाट बच्नका लागि चेतनामूलक सन्देश प्रवाह तथा मास्क वितरण अभियान थालिएको हो ।


सामाजिक दुरी कायम गरि उक्त अभियानको आज बुधबार वडा अध्यक्ष कैफुलवरा जोलाहले शुभारम्भ गर्दै वडाबासीलाई कोभिडको संक्रमण तथा महाबारीबाट बच्न तथा अपनाउनु पर्ने सावधानीका लागि चेतनामुलक अभियानले सहयोग गर्ने बताउनुभयो ।
वडामा कोरोना भाइरसका लक्षण, संक्रमणका बेला अपनाउनुपर्ने सावधानी, तथा स्वास्थ्य सरसफाई लगायतका बारेमा सचेतनामुलक माइकिंग, प्लेक्स बोर्ड जडान र पर्चा पम्पलेट वितरणका साथै सम्पूर्ण वडाबासीलाई मास्क लगाउने बानी पार्नका लागि मास्क वितरण शुरु गरिएको संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो ।


शुभारम्भ कार्यक्रममा वडासदस्यहरु कैफुलवरा जोलाह, ज्ञानमान श्रेष्ठ, मञ्जु बादी, अन्जुमन बानो अन्सारी, सइद हलवाई, वडाका अधिकृत इन्द्रबहादुर केसी, संस्थाका उपाध्यक्ष कृष्णमुरारीप्रसाद भट्ट, कार्यकारी निर्देशक राकेशकुमार मिश्रलगायतको सहभागिता रहेको थियो ।
आजदेखि शुरु भएको सचेतना तथा मास्क वितरण अभियान दिनसम्म चल्नेछ । वडा अन्तर्गत विभिन्न चोक तथा टोलहरुमा अभियान सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *