
मिति : २०७८ जेष्ठ ३१ गते
– विद्रोही

विद्रोही
मानव जातिको लागि जनावर धेरै नै उपयोगी छन् यसै कारण मानव शताब्दियौंदेखि जनावरको पालन गर्दै आएको छ । जनावरको मासु मानव शरीरको लागि त्यति फाइदाजनक छैन तर त्यसको दूध र पिसाब धेरै नै फाईदा दिने गर्छ । गाई, ऊंट, बाख्री, गधी, भेडा, चउरी लगायतको दूध अमृत सरह छ । यस कारण दुग्धजन्य पदार्थ पाउन व्यक्ति यी जनावरहरु पालन गर्दै आएका छन् । यी जनावरको मासु त्यति फाइदा नदिएपनि पिसाब धेरै नै लाभकारी छ । रेगिस्तान भएको देशमा ऊँट पाल्ने परम्परा छ ऊंटको दूध धेरै नै राम्रो मानिन्छ यसलाई रेगिस्तानको जहाज पनि भनिन्छ । एक पटकमा यसले सैयौं लिटर पानी आफ्नो शरीरको कुप्रोमा संग्रह गर्छ र पछि यही पानीको सहायताले त्यो महिनौंसम्म रेगिस्तानमा हिँड्छ रेगिस्तान अर्थात बालुवै बालुवा भएको स्थानमा रहने व्यक्ति ऊंटबाट नै एक अर्काे स्थानसम्म पुग्छन् । यसरी यो ऊंट यातायातको प्रमुख साधन पनि छ त्यहाँ । भारत जस्तो देशमा ऊंटको मासु त्यति खाइँदैन मात्र दूध यसको खाने गरिन्छ । ऊंटको दूधले मानव शरीरको हाइट बढ्छ, शरीर ह्रष्ट पुष्ट र निरोगी हुन्छ । कुनै रोग शरीरलाई लाग्न पाउँदैन । यसको दूधले इम्युनिटी पावर बढाउँछ अरब देशहरुमा यसको दूध र मासु खाने प्रचलन छ यसको अतिरिक्त त्यहाँ ऊंटको मासु खाने प्रचलन बढी छ ।
साउदी अरबमा हज गर्न पुगेका श्रद्धालु ऊंटको कुर्बानी दिने परम्परा छ अरब देशका केही कबिलाहरुमा आफ्नो शरीरमा कुनै रोग नलागोस् यसको लागि बिहानै उठी यसको पिसाब निराहर मुखमा खाने गरिन्छ त्यसो त जनावरको दूध बहुउपयोगी हुन्छ त्यसको मासु खानु गलत कार्य हो । वैदिक सनातन धर्मावलम्बीहरु गाईको दूध खान्छन् गाईको दूध अमृततुल्य छ यसको शरीरको रौं रौंमा ३३ कोटीको देउताको वास छ यो सम्झी गाईलाई लक्ष्मी सरह मानी यसको पुजा गर्छन् । गाईको हत्याले पाप लाग्छ यो मान्यता छ यस कारण आफ्नो प्राणभन्दा प्रिय मानी गाईको स्याहार सुसार गर्छन् कोही गाईको हत्या गरी रहेको देखी आफ्नो प्राण गुमाएर पनि यसको रक्षा गर्न तत्पर हुन्छन् तर अरब देशका केही कबिलाका वासिन्दाहरु जसको दूध र पिसाब खान्छन् त्यसको हत्या गरी मासु पनि खान्छन् । वैदिक सनातन धर्मावलम्बीहरुले बाख्रीको दूधलाई पनि अमृत सरह मान्छन् यसको कारण छ यसको दूध सुपाच्य हुन्छ सजिलै पच्छ यस कारण यिनीहरुमा केहीहरु बाख्राको मासु खान्छन् तर पोथी जात भएको बाख्री पटक्कै खाँदैनन् । तर अरब देश लगायतमा बाख्रा त खान्छन् बाख्रा जातिको दुम्बाको मासु खाई दिने गर्छन् । वैदिक सनातन धर्मावलम्बीहरुको ईश्वरीय ग्रन्थ वेदले कुनै पनि प्रकारको जीवजन्तको हत्या गर्नु हुँदैन त्यसको मासु खानु हुँदैन स्पष्ट रुपमा भनेको छ तर एक अर्काको संस्कृति मिश्रण भएकोले अब अधिकांश वैदिक संस्कृति मान्नेहरुले अर्कैको लहलहैमा जनावरको मासु खान शुरु गरेका छन् । तर पनि ईश्वरको नाम लिएर कुनै प्रकारको जनावर काटिँदैन त्यसको मासु खाने गरिँदैन ।
मात्र केही वैदिक संस्कृति मान्नेहरु छन् जुनकि देवी देउतालाई बलि चढाउने आडमा जनावरको बलि चढाउँछन् र त्यसको मासु खान्छन् तर यस्ताहरुको संख्या धेरै कम छ । अहिले जागरुकता र सचेतना बढि सकेकोले मन्दिरमा जनावरको बलि दिइने परम्परा पनि विस्तारै हट्न थालेको छ तरपनि मांसाहार गर्नेहरुको संख्या बढी रहेको र शाकाहार गर्नेहरुको संख्या कम छ । यसै प्रकारले एउटा जनावर छ जसको नाम हो गधी यो जनावर विभिन्न सरसामान बोक्नका लागि प्रयोगमा ल्याइने गरिन्छ यसको दूध पनि अमृततुल्य छ यसको दूध सेवन गरे बच्चा ह्रष्टपुष्ट हुने गर्छन् कुनै प्रकारको रोग लाग्दैन । बच्चालाई रगतको कमी, सुक्खा रोग लागेमा गधीको दूध खान दिइने गरिन्छ । अरब देशमा परापूर्वकालमा त्यहाँका व्यक्ति सानो दूरीको ठाउँमा यसै गधामाथि सवारी गरी एकअर्काको ठाउँमा पुग्ने गरेको पाइन्छ यस कारण जनावर मानवको लागि बहुउपयोगी छ । यसको साथ पाश्विक आचरण गर्नु हुँदैन जुन जनावरको दूध खाइन्छ त्यसको मासु चाहिँ खानु हुँदैन यस्तो कार्य दानवताको प्रतीक हो । अरब देशको अतिरिक्त अन्य ठाउँमा ऊंटको पिसाब खाने गरिँदैन मात्र यो प्रचलन अरब देशको केही कबिलासम्म सीमित छ । यसको कारण हो अरब देशमा रेगिस्तान स्थल धेरै छ । यस कारण एक ठाउँबाट अर्काे ठाउँमा जान अधिकांश रुपमा ऊंटको नै प्रयोग गर्ने गरिन्छ रेगिस्तानी ठाउँमा गर्मी अधिक हुन्छ यस कारण यात्रा रातीमा गर्ने गरिन्छ । राती हिँडेर गन्तव्य स्थानसम्म पुग्न बिहानै निराहार ऊंटको पिसाब खाने त्यहाँको दिनचर्या छ । ऊंटको पिसाब खाएर घण्टौंपछि ऊंटको दूध खाने समेत त्यहाँको प्रथा छ । तर जसरी त्यहाँ ऊंटको पिसाब खाइन्छ यो प्रक्रिया धेरै गलत छ वैदिक सनातन धर्मावलम्बीहरुले जुन गाईले बच्चा जन्माएको छैन त्यो गाईको पिसाब संकलन गरीपहिले त्यसको प्रशोधन गरी नीम तुलसी कपुर गुर्जाे लगायत जडीबुटी हाली शुद्ध पार्छन् र त्यो गाईको पिसाब जसलाई गोमूत्र अर्क भन्छन् शीसा काँचको भाडामो राख्छन् पछि थोर थोरै पानीको साथ निराहार मुखमा खान्छन् तर अरब देशका ती कबिलाहरु यस्तो प्रक्रिया अपनाउने गर्दैनन बरु उनीहरु बिहानै उठेर ऊंटको काँचो पिसाब खान्छन् । उनीहरुको मान्यता अनुसार ऊंटको पिसाब सोझै खाए धेरै नै फाईदा हुन्छ ।
चिकित्सा क्षेत्रमा विभिन्न प्रकारको उपचार पद्धतिहरु छ जसमा जल चिकित्सा, माटो चिकित्सा, वाफ चिकित्सा, जडीबुटी वनस्पति, जीवजन्तु, रेकी, हिप्नोटिज्म, योग, एक्युप्रेसर, एक्युपंचर लगायत पद्धतिहरु छ यसैमा एउटा पद्धति छ स्वमूत्र चिकित्सा यसमा स्वमूत्र चिकित्सामाथि विश्वास गर्नेहरु जनावरको पिसाब प्रयोग गर्दैनन् बरु आफ्नै पिसाबबाटआफ्नो उपचार गर्ने पद्धति अपनाउँछन् । भारतको इन्दौरमा डा. माणिकचन्द मारु जस्ताले स्वमूत्र चिकित्साबाट रोगीको उपचार गर्ने गर्छन् । आफ्नो पिसाब आफ्नो औषधि उनीको मान्यता छ यस कारण कुन समयको आफ्नो पिसाब कुन रोगलाई निको पार्छ यस कुराको मनन गरी व्यक्तिको पिसाबबाट सोही व्यक्तिको उपचार गर्ने गर्छन् यसमा आफ्नो पिसाब खाने मात्र गरिँदैन बरु चर्म रोग गठियारोग सायटिका लगायत रोगमा पिसाबको पट्टी पनि गराइन्छ । पिसाब खाने परामर्श दिँदा बिहान पहिलो निस्केको पिसाब फाली दिइने र बीच समयको पिसाब मात्र खाने सल्लाह दिइन्छ । यो स्वमूत्र चिकितसाले क्यान्सर जस्तो रोग पनि हट्ने दावी गरिएको छ । भारतका भूपू प्रधानमन्त्री मोरोरजी देसाई आफ्नो पिसाब खाने गर्थे । नेपालमा पनि एक जना राजनीतिज्ञले आफ्नो पिसाब खाई क्यान्सर रोग निको पारेको पाइन्छ ।
यसरी जनावरको पिसाब होस् वा मानवको पिसाब अधिकांशलाई लाभ दिने गरेको छ । यस्तो पिसाब खाने नखाने कुरा आफ्नोमाथि निर्भर छ तर यसमा विचार पु¥याउनुपर्ने जरुरी छ कि जस जनावरको दूध र पिसाब समेत खाई निरोगी भइन्छ भने त्यस्ता जनावरको निर्दयताले हत्या गरी मासु खानु र पाश्विकताका साथत्यस्ता जनावरको पिसाब झिकेर खानु गलत प्रक्रिया हो । मानव संस्कारमा यस्तो कार्य चरम अपराध हो यस कुराको अरबका ती कबिलाका समुदायको आलोचना पनि हुँदै आएको छ । आज विश्व २१औं शताब्दीमा पुग्दा गाईको विसाब निराहार मुखमा सेवन गरे यसबाट क्यान्सर जस्तो रोग निको हुन्छ वैज्ञानिकहरुले लामो अनुसन्धान गरी बताएपछि गाईको पिसाब अधिकांश देशहरुमा खाने प्रचलन बढेको छ । यस कारणले अहिले गाईको दूध सस्तो र त्यसको पिसाब महँगो मूल्यमा बिक्री हुने गरेको छ । अरब देशमा ऊंटको पिसाब संकलन गरी त्यसलाई औषधिको रुपमा दिइने तमाम प्लान्टहरु स्थापित गरी सो ऊंटको पिसाब अब बिक्रीको लागि विदेशमा पठाउन शुरु गरिएको छ । ऊंटको पिसाब खान भारतबाट भागेका व्यक्ति डा. जाकिर नाईकले पनि जोड दिएका छन् । ऊंटबाट बनेको औषधिको नाम हो कैमल युरिन यो कम्पनी जेद्दा केमल मिल्क र केमल युरिन इण्डष्ट्रिज साउदी अरेबियाबाट अहिले विश्वभर बिक्री हुने गरिएको छ ।
– स्रोतः नेशन वल्र्ड न्यूजडटकम र पतञ्जलि योगपीठडटकम




