
नेपालगन्ज, १ अषाढ – युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले सेवा लिएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि सञ्चालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले सेवा लिएकाल हुन् ।
युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले सोमबार जानकारी गराउँदै हालका दिनमा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा रहेकाले हाललाई उक्त निशुल्क एम्बुलेन्स सेवा स्थगन गरिएको बताएका छन् ।

युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले समाजिक संजालमा उक्त कुराको जानकारी गराउँदै लेखेका छन्, युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बैशाख २८ गतेबाट सञ्चालित निशुल्क एम्बुलेन्स सेवाबाट आजको दिनसम्म ११३ जना कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग गरेको जानकारी गराउदछौ ।
बाँके लगायत सबै जिल्लामा हालका दिनमा कोरोना संक्रमण नियन्त्रणमा आएको कुरालाई मध्य नजर गर्दै आजबाट निशुल्क एम्बुलेन्स सेवा बन्द गरेको जानकारी गराउँदै यस सेवामा सहयोग गर्ने सम्पुर्ण आदरणीय ब्याक्तित्वहरुप्रती हार्दिक हार्दिक नमन छ ।

उता युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले युवा संघ सदैब देश र जनताको सेवाको लागि कार्य गर्दै आएको र महामारीको समयमा पनि युवा संघले केही न केही गर्दै आएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने बताएका छन् । त्यस्तै युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्यालले सबै सहयोगीहरुलाई धन्यवाद दिंदै आगामी दिनमा युवा संघ बाकेले जनताको सेवामा संगठनलाई परिचालन गर्ने बताएका छन् ।
युवा संघ बाँकेले कोरोना महामारीको समयमा बाँकेमा निशुल्क एम्बुलेन्स सेवाका साथै कोरोना संक्रमितको उपचारका लागि सहयोग र समन्वय संगै कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन गर्दै आएको थियो । भने मेडिकल कलेज कोहलपुरमा नेकपा बाँके संगको सहकार्यमा बिरामी कुरुवालाई ३० रुपैयाँमा खाना समेत खुवाउदै आएको छ ।
