Monday, May 4सत्यम खबर
Shadow

सामाजिक सेवा गर्न विपन्न परिवारको पीडाले उर्जा दिएको छ

जयपती ढकाल
नेपालगन्ज, १ अषाढ – नेपालमा दोस्रो लहरको कोरोना भाइरस भित्रीय संगै मानव जिवनकष्टकर बन्दै गयो अझै विपन्न परिवार, मजदुरको अवस्था के कस्तो भयो होला सोच्नै सक्दैन अब नेपालगन्जमा भएका काम गरेर खान नसक्ने शारीरिक रुपमा अशक्त घरवार नभएका एक छाक टार्न ध्यौं ध्यौ भएकालाई नेपालगन्जमा उनीहरुको लागि लाल माया शाही महंगो मलम बन्न लाग्नु भएको छ ।
नेपालमा व्यक्तिगत वा समूहगत रूपमा सेवा र कल्याणका कार्यहरू परापूर्व कालदेखि नै हुँदै आएको थियो । हुनेले नहुनेलाई, सक्नेले असक्तलाई आवश्यक सहयोग गर्ने, दान दातव्य दिने, पाटी पौवा, पँधेरो, बाटो, घाटो, पुल, चौतारा बनाउने, गुठी राख्ने, धर्म भकारी राख्ने लगायतका कार्य गरी परोपकार गर्ने र परलोक समेत सुधार्ने ध्येय राखिन्थ्यो ।


लामो समय नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्ज नर्सिङहोममा कार्यरत नर्स लाल माया शाही अहिले सामाजिक सेवामा निरन्तर लागि रहेकी छ्न , उहाँको माया फार्मेसी पनि छ, विपन्न परिवारको ब्यक्ति उपचारको रुपमा आएकालाई सामान्य रूपमा टाउको दुखेको, ज्वरो आएकोहरुलाई चेकजाँच तथा निशुल्क औषधि दिंदै आउनु भएको छ ।
अति विपन्नलाई पानी नास्ता खान पैसा दिंदै आएकी छन्, माया फार्मेसीमा जस्ता समस्याको समाधान र समाज सुधारका कार्य गर्ने गरिएको देखिन्छ ।
जानकी गाउँपालिका इन्द्रपुरमा रहेका कुशबन्धिया सीमान्तकृत लोपोन्मुख जातिलाई ३० कुवन्ट्ल चामल २५० पोका तेल दिन लाग्नु भएको छ र यसको सहजीकरण र अन्य ठाउँमा पनि सामाजिक सेवा गर्नको लागि पत्रकार जयपती ढकालले साथ दिएका छन् ।
सोमबार त्यहाँ अवस्था बुझेर प्रत्यक्ष अनुगमन गरेर विपन्न परिवारलाई मंगलवार असारमा खाद्यान्न सहयोग गर्न लागेकी हुन् ।
अविरल बर्षाको कारण ऐलानी जग्गा बसेका कुशवन्दिया जातिहरुलाई टहरामा जलथल भएका छन्, बस्न पनि सारै गा¥हो भएको बेला केही किनेर एक छाक भए पनि टर्योस भनेर वृद्ध महिलालाई आर्थिक सहयोग पनि गर्नु भएको थियो ।
नेपालगन्जमा पनि महान् समाजसेवी लाल माया शाही विपन्न परिवारको लागि महंगो मलम औषधालयको रूपमा परोपकार संस्थाको स्थापना भएको जस्तो महसुस भएको माया फार्मेसी आएका एक ग्राहकको भनाइ रहेको थियो ।
एक अर्कामा समन्वय हुन नसक्ने, समन्वयको अभाव देखापर्यो । यस स्थितिमा सामाजिक कार्यकताकाका बीचमा सम्पर्क तथा समन्वय गर्न समय समयमा म्यानपावरको कमि भएको बताउनु हुन्छ ।
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, सुरक्षा आनन्दमय जीवनको आधारभूत पूर्वसर्त नै हो र उनीहरूकोे पहुँचप्रति नै हाम्रो नीति केन्द्रित हुनुपर्छ, तर वृद्ध उमेरमा उनीहरूको स्वास्थ्य उनीहरू कै जीवनशैली र जीवनभरीको व्यवहारमा पनि भर पर्छ । ज्येष्ठ नागरिकलाई रोग लागि सकेपछि गरिने स्याहारहरू भन्दा पहिले नै उनीहरूको स्वास्थ्यमा सुधार गर्नु आवश्यक हुन्छ र आय—बचत, उपार्जनका उपायहरू गराउन प्रतिभाको सम्मान र योगदानको कदर गर्दै आत्मनिर्भर बनाउनेतर्फ लाग्नु पर्छ । परिवारमा स्याहारकर्ताका लागि प्रोत्साहन र आवासका योजनामा पनि विचार पुर्याउनु पर्छ सेवा नै जिवनको महान मुल्यांवान भएको लाल माया शाहिको भनाइ रहेको छ ।
ज्येष्ठ नागरिकका लागि भावनात्मक सुरक्षा निकै आवश्यक छ । शारीरिक स्वास्थ्यले मात्रै व्यक्तिको सुखको मापन गर्न सकिँंदैन । विशेषतः वृद्धावस्थामा मानिसलाई सामाजिक अन्तरक्रिया, उचित सम्मान, माया, आत्मिक सन्तुष्टि, देश दर्शन, आध्यात्मिक जस्ता कुराहरूको आवश्यकता पर्छ । यसै अनुरूप ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, बरु अमूल्य सम्पत्ति हुन् भने कुरा स्थापित हुन जरुरी छ ।
धेरै स्वयंसेवी संस्थाहरू, धार्मिक संस्था तथा निजी संस्थाहरूले पनि वृद्धाश्रम सञ्चालनमा ल्याएका छन् । तिनीहरू पनि ज्येष्ठ नागरिकको आवश्यकतालाई सम्बोधन गर्दछन् र उनीहरूलाई मायालु र उपयुक्त तरिकाले उपचार तथा हेरचाह गर्दछन् । परिवार बढीभन्दा बढी एकल बनिरहेको र बाँच्ने औसत उमेर पनि लामो भइसकेका कारण अवकाश प्राप्त र निःसहाय ज्येष्ठ नागरिकहरूका लागि विशेष कदम चाल्नु आवश्यक देखिन्छ ।
जीवनको उत्तराद्र्धमा आफ्नो जीवन व्यतित गरिरहेका ज्येष्ठ नागरिकसँग मनोसामाजिक, आर्थिक तथा स्वास्थ्यसँग सम्बन्धित समस्याहरू धेरै हुन्छन् । नयाँं पुस्ताको जीवनशैलीमा भइरहेको तीव्र परिवर्तनका साथै विभिन्न समाजको सिको गर्ने बानीले गर्दा नै अहिले आमाबुबा वृद्धाश्रम धाउन बाध्य भएका छन् । परिवार हामी सबैका लागि अनिवार्य आवश्यकता हो भन्ने कुरा पश्चिमी समाजले पनि बुझ्दै गइरहेको छ । त्यसैले म यहाँं जोड्न चाहन्छु “सकेसम्म घर—गाउँ, नभए मात्र वृद्धाश्रम” । सरकारी र गैरसरकारी दुवै क्षेत्रबाट प्रयास नभएका होइनन् । तर ठोस उपलब्धिहरू भने कम्ती नै देखा पर्छ । 
आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रलाई समर्पित गरिसकेपछि जीवनको उत्तराद्र्धमा सम्मानपूर्वक बाँच्न पाउनु नै ज्येष्ठ नागरिकको एक मात्र चाहना भएको शाहिको ठहर छ ।
शारीरिक मानसिक रूपले कमजोर हुँदै जाने क्रममा परिवार, समाजबाट हेरिने नकारात्मक दृष्टिकोणका कारणले आज ज्येष्ठ नागरिक जोखिमपूर्ण दुःखद् जीवन व्यतित गर्न बाध्य भएका छन् । पारिवारिक माया ममताबाट टाढा रहेर बाँच्नु परेको छ, साथै यात्रा गर्दासमेत ज्येष्ठ नागरिकहरूले जोखिम मोल्नु परिरहेको छ ।
दिनानुदिनको प्रगतिले नेपाली समाजमा पर्न सक्ने प्रभावको सम्भावनाप्रति बेलैमा सजक भई तदानुकूल कार्य गर्न आजको आवश्यकता रहेको शाही बताउनु हुन्छ ।
ज्येष्ठ नागरिक समाजका गहना हुन्, यसलाई प्रकृतिको नियमका रूपमा ग्रहण गर्दै उनीहरूको सीप, दक्षता समाजमा हस्तान्तरण गर्दै लैजानु पर्छ । अध्ययन अनुसन्धानले ज्येष्ठ नागरिकको जनसख्या बढ्दो रूपमा देखिन्छ सक्दो समाज सेवा तिर लाग्नु नै सार्थक जीवन भएको बताउनु हुन्छ ।
कतिपय परिवारमा ज्येष्ठ नागरिकलाई आर्थिक बोझको रूपमा लिएर जबरजस्ती घरबाट निकालिएका घटनाहरू यदाकदा सुनिन्छ ।
आजको बालक भोलिको युवा, त्यसपछि त प्रौढ र बृद्ध हुनै पर्छ, त्यसमा न विज्ञानले छेक्न सक्छ न त प्रकृतिले रोक्न सक्छ । त्यसैले ज्येष्ठ नागरिकप्रति श्रद्धाभावले हेरौँ, सहयोगी हातहरू लम्काऔँ, हेलाहोचो नगरौँ, उनीहरूको हेरचाह स्याहार सम्भार गर्नु मानवीयता हो भन्ने कुरा कहिले नभुलौँ । 
सहयोगीमनहरुको लागि –९८५८०३०२३०–९८४८६१८२७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *