उईगर मुस्लिममाथि दमन रोक्न सबैतर्फबाट आवाज उठ्नु पर्ने
मितिः २०७८ असोज ३ गतेविद्रोहीछिमेकी देश चीनको जिनजियांग र सिक्यांग प्रान्तमा उईगर समुदायको ठूलो बसोबास छ । यिनी उईगर समुदाय इस्लाम धर्मका अनुयायी हुन् । यसकारण यिनीहरु मुस्लिम हुन तर यसै कारण चीनले सधैं यिनीहरुको हक अधिकारको हनन गर्दै दमन समेत गर्दै आएको छ । उईगर मुस्लिमलाई त्यहाँ शिक्षा पाउने अधिकारबाट बञ्चित गरिएको छ । उईगर मुस्लिमप्रति यति मात्रै ज्यादती छैन । त्यहँँ मुस्लिमको प्रचलित नाम राख्न मनाही छ । प्रमुख इस्लामी ग्रन्थ पढ्न रोक लगाइएको छ । नमाज लगायत लुकीछिपी ढंगले पढ्ने गर्छन् उनी । त्यहाँ मस्जिद छ तर माइकबाट अजान दिन मनाही गरिएको छ । जस उईगर मुस्लिमले चीनको विरुद्धमा आवाज उठायो । त्यसको दमन गरिएको छ । चीनको बंकरमा करीब २ लाख जति उईगर मुस्लिमलाई बन्धक बनाई दास जस्तो राखिएको समाचार बारम्बार प्रकाशित हुँदै आएको छ । जुन वस्तु चीनियाँको लागि खाद्य वस्तु छ त्यो वस्तु मुस्लिम समुदायमा...









