Wednesday, April 15सत्यम खबर
Shadow

जनमतकाे रक्तदानमा दुई जना महिला सहित ४६ जनाले रक्तदान गरे

नेपालगन्ज, २ असाेज – नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अपरान्हसम्म स्वयम्सेवी रक्तदाताहरु पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायत दुई जना महिला सहित ४६ जनाले रक्तदान गर्नु भएको हो ।

जय बागेश्वरी सिमन्ट उद्योग प्रा. लि., गनापुर नेपालगन्ज बाँकेको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी
शुरु भएको थियो । जनमतले आफ्नो रजत वार्षिकोत्सव २०६३ साल बैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरि रगतको अभावमा छट्पटाईरहेका गरीब, असहाय र दूर दराजबाट आउने विरामीहरुलाई लक्षित गरेर “रक्तदान महादान”को पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ५० औं श्रृङ्खला हो ।

कार्यक्रम संयोजक पवन जायसवालका अनुसार जय बागेश्वरी सिमेन्ट उद्योग प्रा. लि., गनापुर नेपालगन्ज बाँकेका महाप्रवन्धक सुमन कुमार श्रेष्ठ, जनमतका सम्पादक पूर्णलाल चुकेले रक्तदाताहरुलाई टिसर्ट प्रदान गर्नु भएको थियो ।

२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म करीब तीन हजारको संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको सम्पादक पूर्ण लाल चुकेले जानकारी दिनु भयो । सो अवसरमा उक्त कार्यक्रममा सहकार्य गर्ने जय बागेश्वरी सिमेन्ट उद्योग प्रा.लि., गनापुर नेपालगन्ज बाँकेका महाप्रवन्धक सुमनकुमार श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

रक्तदान गर्नेहरुमा अन्नपूर्णा दैनिकका प्रदेश व्यूरो प्रमुख शंकर प्रसाद खनाल, निरजमान श्रेष्ठ, नारायण मौर्या, इन्द्रसेन वर्मा, मनमोहन वर्मा, प्रमोदकुमार यादव, स्वयम्सेवी रक्तदाता युवा समाजसेवी उद्यमी दिला शाह, भरत नेपाली, जानकी गाउँपालिका वार्ड नं.५ का वडाध्यक्ष रमेशकुमार वर्मा, विश्वास कक्षपति, लक्ष्मणप्रसाद चमार, विक्रम नेपाली, रेडक्रसकर्मी प्रहलाद विश्वकर्मा, सञ्जय बढही, प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरी, सुनिल रत्गैया, भगवान शरण यादव, नन्दराज न्यौपाने, पत्रकार जागेश्वर सिंह थारु, सोम गुरुङ्ग, सरिता वैश्य, रोहित गुप्ता, युवा चर्चित कलाकार प्रमोद डिजी, गौतम प्रसाद पौडेल, लक्ष्मणकुमार वैश्य, मधु चौधरी, दिनेश कुमार चौधरी, लक्ष्मण राना, अशोक कुमार मौर्या, गुरुदीन यादव, धर्मेन्द्र सिंह, पवनकुमार वैश्य, विनोद कुमार वैश्य, भक्तबहादुर केसी, राजन वर्मा, भोला प्रसाद गुप्ता, सोनम थारु, निखिल चौधरी लगायत ४६ जनाले रक्तदान गरेका छन् ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरी, सुनिल थापामगर, केशर सिंह डाँगी लगायतले प्राविधिक सहयोग गरेका थिए भने कार्यक्रममा निखिल जायसवाल, आकाश जायसवालले सहयोग गर्नु भएको थियो ।

कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक पवन जायसवालले बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *