
नेपालगन्ज, २ असोज – नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सञ्चालित विपद्मा नगद वितरण प्रकृिया सम्वन्धि २ दिने तालीम शनिवार नेपालगन्जमा सम्पन्न भएको छ ।
विपद् प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रम अन्तर्गत खजुरा र डुडुवा गाँउपालिकाका जनप्रतिनिधि र उपशाखाका पदाधिकारी सहभागी रहेको तालिममा नगद सहायता वितरणको विधि तथा प्रकृयावारे ज्ञान तथा सीपको वारेमा सम्वन्धि जानकारी दिइएको थियो ।
रेडक्रस बाँकेका सभापति गोवर्धन सिह सम्झनाले रेडक्रसले विपद व्यवस्थापनमा सरकारको सधै सहयोगीको रुपमा कार्यगरिरेहको बताउँदै सरकारले विपद्मा नगद वितरणलाई प्रभावकारी बनाउन कार्यविधि बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण सराेज श्रेष्ठ, रमेश घिमिरे र निरञ्जना मल्लले गर्नुभएको थियो ।
तालीममा शाखाका मन्त्री अजिज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशकुमार श्रीवास्तवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
