
खजुरा, २ असोज – कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगन्जले खजुरा गाउँपालिका वडा नं ७ कालिका प्राबि सोनबर्षामा आज (शनिबार) आँखा, नाक, कान, घाँटीको बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।
कुर्मी (वर्मा) सहयोगी हात बाँकले दलित, मधेशी, मुस्लिम समुदायलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा ४५० जनाले सेवा लिएका छन् । आँखा, कान, नाक, घाँटी लगायतका बिशेषज्ञ सेवा प्रदान गरिएकोमा २८० जनाको आँखा र १७० जनाले कानकोे परिक्षण गरि औषधि सहितको सेवा लिएको निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका संयोजक तथा कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगन्जका संयोजक डा. कौशलकुमार वर्माले जानकारी दिए ।
उनले शिविरमा परिक्षण गरिएका बिरामीहरु मध्ये ४५ जना आँखाका बिरामीहरुलाई शल्यक्रियाका लागि फत्तृवाल आँखा अस्पताल र ७ जनाको कानका बिरामीहरुलाई शल्यक्रियाका लागि भेरी अस्पताल र ब्रिनोज स्वास्थ्य स्याहार केन्द्रमा रेफर गरिएको बताए । बाँके जिल्लामा वसोवास गर्ने कुर्मी वर्मा समुदायका ब्यक्तिहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको संयोजक डा. वर्माले बताए ।
शिविरमा दुबै दृष्टि गुमाएका निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगन्जले गरेको परोपकारी कार्यको सराहना गर्दै प्राबिधिक सहयोग गर्ने स्वास्थ्य संस्थाहरु र चिकित्सकहरुलाई कृतज्ञता ब्यक्त गरे ।
अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिकाले बिगत बर्षहरुमा प्रत्येक वडामा जेष्ठनागरिक देखि आम नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गाउँपालिकाले सबै वडामा आँखा, कान, रक्तचाप, मधुमेह लागयतका सेवा निः शुल्क स्वास्थ्य शिविर मार्फत सञ्चालन गरिने बताए ।
उनले कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगन्जका संयोजक डा. कौशलकुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको शिविरको उद्घाटन प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, विशिष्ट अतिथि संबिधान सभा सदस्य परमानन्द वर्मा, अतिथिहरु खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक, वडा नं ७ का अध्यक्ष अतिउल्ला खाँ, कालिका प्राबिका ब्यबस्थापन समितिका अध्यक्ष नागरमल वर्मा, प्रधानाध्यापक भोलाबहादुर बिक लगायत नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
शिविरमा वरिष्ठ नाक, कान, घाँटी बिशेषज्ञ डा. लोकराम बर्मा, डा. दिनेशकुमार चौधरी, कान सहायकहरु म्नलाल चौधरी, तीर्थमान चौधरी, नेत्र बिशेषज्ञ डा.राजेश श्रेष्ठ, नेत्र अधिकृत उमेर सादिक, नेत्र सहायक सुपरभाईजर हेमराज वर्मा, युवराज वर्मा तथा प्राबिधिकहरु हृदयराम वर्मा, जवाहरलाल वर्मा, अप्टोमेटिस्ट जितेनद्र वर्मा, कैलाश गुप्ता, नूर मो. अन्सारी, श्रुति सुबेदी, मनिसा मल्ल लगायतको टोलीले सेवा प्रदान गरेको थियो ।
