टाइब्रेकरमा धम्बोझीले हरायो न्यु दर्पणलाई
नेपालगन्ज, ३० वैशाख – नेपालगन्जको धम्बोझी क्लबले प्रथम अशोक स्मृति कप -यु–२०)फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।
खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा धम्बोझी क्लबले न्यु दर्पण स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ ।
निर्धारित समयको खेल १–१ को बराबरीमा खेल सकिएको थियो । खेलमा धम्बोझीका गोलकिपर नविनराज परियार प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो ।
उहाँलाई आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनारले पुरस्कृत गर्नु भएको थियो ।
श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सहआयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायो...









