बाँकेमा स्वतन्त्र चालक संघ नेपाल जिल्ला समिति गठन
नेपालगन्ज, ३० असार – स्वतन्त्र चालक संघ नेपाल बाँके जिल्लामा आफ्नो संगठन विस्तार गर्दै जिल्ला समिति गठन गरेको छ । स्वतन्त्र चालक संघ नेपालको केन्द्रिय कोषाध्यक्ष रेशमकुमार जैशीको अध्यक्षतामा बसेको स्वतन्त्र चालक संघ नेपाल जिल्ला कार्य समिति बाँकेको प्रथम जिल्ला भेलाले अध्यक्षमा विश्व सागर परियारलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै भेलाले विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू समेत चयन गर्दै जिल्लामा संस्थाको गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नवगठित समितिको उपाध्यक्षमा तिलकबहादुर विक, सचिवमा प्रकाश बोहरा, सह सचिवमा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा दिल बहादुर विक सर्वसम्मत रुपमा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुरज थारु, लिलु रसाइली, सुरेन रसाइली, सुदिप परियार, श्रवण विक, हिराबहादुर सुनार, रामप्रवेश थारु रहेका छन् । बैठकमा संस्थाको उद्देश्यअनुसार जिल्लाम...









