
नेपालगन्ज, २४ साउन – रक्तदान जीवनदान मुख्य उद्देशयका साथ कौशल्या मेमोरियल हस्पिटलको पहिलो पटक श्रावण २३ गते शनिवार आयोजनामा रक्तदान कार्यक्रममा दुई सञ्चारकर्मी, ७ महिला सहित ३२ जनाले रक्तदान गरेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वार्ड नं.–९ हवलदापुरमा रहेको कौशल्या मेमोरियल हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा पत्रकार, ब्यवसायी, कर्मचारी स्वयंसेवी रक्तदाता ७ महिला सहित ३२ जनाले उत्साहजनक रुपमा रक्तदान गरेका छन् ।

कौशल्या मेमोरियल हस्पिटलद्वारा पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा कौशल्या मेमोरियल अस्पतालका निर्देशक चन्द्र महतो, प्रशासन प्रमुख अर्जुन महतो र बाँकेका दोस्रो शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा रक्त सञ्चार ईकाई केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतरा, प्राविधिक राम भक्त लम्साल र सुनिल रत्गैयालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेका थिए ।
आयोजित रक्तदान कार्यक्रममा शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्लाका सल्लाहकार तथा सञ्चारकर्मी पवन जायसवालले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्रघाटन गरेका थिए ।

कौशल्या मेमोरियल हस्पिटलका निर्देशक चन्द्रबहादुर महतोका अनुसार उक्त रक्तदान कार्यक्रममा प्रेस यूनियन नेपाल बाँकेका अध्यक्ष दिलबहादुर केसी -प्रिया स्मृति ढकाल) १२ पटक रक्तदान गरेका छन् यसरी बाँकेका दोस्रो शतक रक्तदाता हुनुहुन्छ पवन जायसवाल १०९ पटक रक्तदान गरेका छन् ।

यसरी हस्पिटलका प्रशासन प्रमुख अर्जुन, शिव पौडेल, धर्मराज रानाक्षेत्री, प्रज्वल चौधरी, टेकबहादुर बुढाथोकी, बिपिन महतो, फूलसिंह थारु, सुदन बुढाथोकी, राम ईंट्टा उद्योगका सञ्चालकद्वय दिपककुमार जायसवाल, बिनोदकुमार तमोली, नितेश जायसवाल, प्रभात श्रेष्ठ, कालुराम थारु, सेरेन्द्र चौधरी, देवमणि दहित, कमल थारु, इन्जिनियर बिशाल सिंह, सुनिल चौधरी, महेशकुमार चौधरी, कृष्ण घतीृमगर, बिशाल चौधरी, दिपक बिक, सुभाष गुप्ता, यसरी रक्तदान गर्नु हुने महिलाहरुमा दुर्लभ रगत ओ निगेटिभ समूहकी प्रतिभा गुर्ताल १० पटक, नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१० स्वास्थ्य शाखाकी अनमी यसोदा थापा दोस्रो पटक, सीता थारु, लोकसरा कार्की, सीमा थापा महतो, पुष्पा बुढाक्षेत्री, महालक्ष्मी थारु लगायत ३२ जनाले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा रक्त सञ्चार ईकाई केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतरा, रामभक्त रम्साल, सुनिल रत्गैया, खजुरा रक्त सञ्चार इकार्य केन्द्रकी पूनम राना, बैकुण्ठ रेग्मी र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
