Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

नवनिर्मित भवनमा गृह प्रबेश पुजा, कार्यालय स्थानान्तरण

नवनिर्मित भवनमा गृह प्रबेश पुजा, कार्यालय स्थानान्तरण

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
डुडुवा, १७ जेठ - नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थानान्तरण भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ््टसहितको निर्माण सम्पन्न नयाँ भवनमा स्थानान्तरण गरिएको हो ।आज बुधबार नयाँ कार्यालय भवनमा गृह प्रबेशको विशेष पुजापाठ गरि स्थानान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी आज शुभसाईतमा पुजा गर्नु भएको छ । गाउँपालिकामा हिन्दु र इस्लाम धार्मिक परम्परा अनुसार छुट्टाछुट्टै पुजा गरिएको थियो ।आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीको नेतृत्वमा आचार्य गौनन्दन शास्त्रीजी महाराज, आचार्य मुकुन्द, तिरथराम पाठक र सिता शर्मालगायत ७ जनाले बैद्धिक विधी अनुसार पुजा गराउनु भएको थियो । यसैगरी इस्लाम धर्मका मौलाना र मुक्तीद्धारा पनि शुभसाईतमा पुजापाठ गरि भवनबाट कार्यालयको सेवा शुरु भएको छ ।भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ ब...
सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ जेठ - अखिल नेपाल महिला संघ बाँकेको आयोजनामा आज पाँचौ राष्ट्रिय महिला अधिकार दिवश भव्य रुपमा सम्पन्न भयो । अनेमसंघ बाँकेका का.वा. अध्यक्ष मिना ढकालको अध्यक्षता र अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलको प्रमुख आथित्यमा भेरी अस्पतालमा रहेका गर्भवति र सुत्केरी गरी ५०जना महिलालाई पोैष्टिक आहार वितरण गरियो ।कार्यक्रममा निवर्तमान केन्द्रिय सदस्य एवं इन्चार्ज विम्मी पन्थी, केन्द्रिय सदस्य सुनिता तिवारी, प्रदेश सदस्यद्धय इता शर्मा, तलत खान, अनेमसंघ जिल्ला कमिटि सदस्य कला भुसाल, जमुना केसी, सुमन गीरी, अनिता थापा, उषा भण्डारी, देउमाया मगर्नी, ज्ञानु केसी, हरिता गुरुङ्गलगायतको उपस्थिति रहेको थियो ।पौष्टिक आहारमा सुत्केरी मसला र फलफुल रहेको थियो । पाँचौ राष्ट्रिय महिला अधिकार दिवशको उपलक्ष्यमा सुत्केरी महिलालाई पौेष्टीक आहार वितरण गरिएको जनाईएकाे छ । बर्दिया राजापुरकी सुत...
माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ जेठ-डुडुवा गाउपालिका वडा नं.५ र ६ का वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले बुझाएको १० बूँदे माँग सहितको ज्ञापन पत्र माथि कुनै सुनुवाई नभएपछि आज डुडुवा गाऊ पालिका कार्यालय २ घण्टा घेराउ गरी काम कार्यवाही ठप पारिएको हो । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएको भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गरी २ घण्टाका लागि ठप्प पारिएको कुरा वडा अध्यक्ष थापाले बताएका छन । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउपालिकामा रहेका कुनै पनि व...
सेमिकन्डक्टर इन्डस्ट्रीमार्फत भारतमा नयाँ क्रान्ति

सेमिकन्डक्टर इन्डस्ट्रीमार्फत भारतमा नयाँ क्रान्ति

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
सन् २०२७ सम्म कम्प्युटर चिप्ससमेत उत्पादन गर्ने भारतको सेमिकन्डक्टर बजार तीन वर्षमा ८० अर्ब डलरको हुने अनुमान गरिएको छ ।काठमाण्डौ, १६ जेठ – भारतमा २१औँ शताब्दीको सुरुवात कल सेन्टरको क्रान्तिबाट सुरु भयो । उक्त क्रान्ति अहिले मधुरो भएको छ । तर, भावी दिनमा फेरि त्यही समय दोहोरिन नसक्ला भन्न सकिँदैन । आउटसोर्सिङमार्फत नै एउटा छुट्टै खालको क्रान्ति अर्थात् आइटी सेक्टरसँग जोडिएको सम्भावनाले भारत म्यानुफ्याक्चरिङ इन्डस्ट्रीको ढोका ढकढकाएको छ ।एप्पलको ग्याजेट एसेम्बल गर्ने ठूलो ताइवानी इलेक्ट्रोनिक म्यानुफ्याक्चरिङ कम्पनी फक्सकनले तेलंगानामा प्लान्ट लगाउने भएको छ । केही समयमा कारखाना सुरु हुने आशा गरिएको छ । हालसालै मात्र भारतको वन्दे मातरम् ग्रुपले चालू आर्थिक वर्षको अन्तिम त्रैमासमा संयुक्त उपक्रमअन्तर्गत आफ्नो सेमिकन्डक्टर प्लान्ट लगाउन सुरु गर्ने र सन् २०२७ सम्ममा कम्प्युटर चिप्स पनि उत्पादन ...
भारत भ्रमणमा नयाँ ‘एअर रुट’ र मल कारखाना स्थापनाबारे छलफल हुन्छ : प्रधानमन्त्री

भारत भ्रमणमा नयाँ ‘एअर रुट’ र मल कारखाना स्थापनाबारे छलफल हुन्छ : प्रधानमन्त्री

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा नयाँ ‘ए‍अर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको हिजाेको बैठकमा आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’ बारे छलफल हुने बताउनु भएकाे हाे । उहाँले भ्रमणमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे छलफल हुने जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको बताउनुभएको छ । ‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा होल्डमा बसेको थियो, खारेज र एकपटकभन्दा बढी फिर्ता गर्ने प्रावधानसमेत थिएन’, उहाँले भन्नुभयो, ‘विधेयक उत्पत्ति भएको मन्त्रिपरिषदबाटै प्रमाणीकरण गर्नका लागि विगतको यथार्थ विवरणसहि...
भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने

भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ जेठ – मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडि चारआलिस भारतले बनाउने निर्णय भएको बताए ।...
प्रधानमन्त्री भारत भ्रमण : मोदीसँग ऊर्जा, व्यापार, नेपाल–भारत नयाँ हवाई रुट, सीमापार रेलमार्ग लगायतका एजेन्डामा वार्ता

प्रधानमन्त्री भारत भ्रमण : मोदीसँग ऊर्जा, व्यापार, नेपाल–भारत नयाँ हवाई रुट, सीमापार रेलमार्ग लगायतका एजेन्डामा वार्ता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि (१७ देखि २० जेठ सम्म) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार एकैपटक प्रधानमन्त्रीको भारत भ्रमणको प्रारम्भिक तालिका सार्वजनिक गरेका छन् ।प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणमा जान लागेका हुन् । १० पुसमा तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्डको यो पहिलो औपचारिक विदेश भ्रमण हो । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । तर, द्विपक्षीय औपचारिक भ्रमण भने तेस्रो हो । भ्रमणले नेपाल र भारतबीचको सदिऔँ पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा छ । भारतीय विदेश मन्त्रालयले पछिल्ला वर्षयता दुई देशबीच सहकार्यमा उल्लेखनीय प्रगति भएको भन्दै यो भ्रमणले सहकार्य थप...
कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट हतियार किन्दै नेपाली सेना, यूएनको शान्ति मिसनमै असर पर्ने चिन्ता

कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट हतियार किन्दै नेपाली सेना, यूएनको शान्ति मिसनमै असर पर्ने चिन्ता

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ जेठ – नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा प्रयोग गर्ने प्रयोजनका लागि विश्वव्यापी रुपमा कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट हतियार खरीद गर्ने प्रक्रिया अगाडि बढाएको छ । सेनाले २६ वटा बख्तरबन्द वाहक (एपीसी) खरीद गर्न लागेको चीनको नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेशन लिमिटेड (नोरिन्को)लाई अमेरिकालगायत देशले कालोसूचीमा राख्दै प्रतिबन्ध लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा सेनाले नोरिन्कोबाट ६ अर्ब रुपैयाँको २६ एपीसी खरिद गर्ने योजना बनाएको र एपीसीहरू विभिन्न शान्ति मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरूले प्रयोग गर्ने प्रयोजन रहेको खबर द काठमाडौं पोस्टले लेखेको छ । सम्झौतामा 10,000 CQ को खरिद पनि समावेश छ भने 5.56 एमएम संस्करणको राइफल पनि त्यही कम्पनीबाट खरीद गर्ने कुरा उल्लेख रहेको खबरमा उल्लेख छ । सेनाले भने यो खबरको खण्डन गरेको छ । सेन...
चीनबाट हतियार खरीद प्रकरण : प्रधानसेनापतिले यसरी झुक्याए, भित्रभित्रै डिल पूरा

चीनबाट हतियार खरीद प्रकरण : प्रधानसेनापतिले यसरी झुक्याए, भित्रभित्रै डिल पूरा

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ जेठ – नेपाली सेनाले चीनबाट हतियार खरीद गर्न भित्रभित्रै तयारी अन्तिम चरणमा पुर्याएको छ । तर प्रधानसेनापति प्रभुराम शर्मा भने बाहिर सेनालाई हतियार आवश्यक नभएकले खरीद गर्न लागेको खबर सत्य नभएको भन्दै झुक्याउँदै हिँडेका छन् । अन्तर्राष्ट्रिय राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा संचारकर्मीहरुसंग कुराकानी गर्दै शर्माले सेनासँग हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले किन्नुपर्ने आवश्यकता नरहेको दाबी गरे पनि चिनियाँ दूतावासमार्फत ६ अर्ब बराबरको २६ वटा एपीसी र ७२ वटा टयाक्टिकल भेइकल खरिद गर्ने निर्णय गरिसकेको र गोलीसमेत चीनबाट खरिद गर्ने प्रक्रिया अघि बढेको पाइएको छ । यसका लागि एलसीसमेत मे १७ मा खोल्ने निर्णय गर्दै हिमालय बैंकलाई पत्र समेत पठाइसकेको द काठमाडौं पोस्टले लेखेको छ । सेनाले चीनबाट महंगोमा हातहतियार खरीद गर्दा कमिसनको खेल भएको आशंकासमेत गरिएको छ । चीनबाट खरीद गरिएक...
भारतीय मूलका व्यवसायी मेननले ओमानमा घर निर्माण गर्न ९ मिलियनभन्दा बढी दान गरे

भारतीय मूलका व्यवसायी मेननले ओमानमा घर निर्माण गर्न ९ मिलियनभन्दा बढी दान गरे

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १६ जेठ – भारतीय मूलका व्यापारी तथा शोभा समूहका संस्थापक र निर्देशक बोर्डका अध्यक्ष पीएनसी मेननले ओमानमा अनाथ र खाँचोमा परेका परिवारहरूका लागि ३०० घरहरू निर्माण गर्न ९.६ मिलियन ओमानी रुपैयाँ दान गरेका छन्।टाइम्स अफ ओमानका अनुसार आगामी १० वर्षमा उक्त ३०० घरहरु निर्माण गरी हस्तान्तरण गरिने भएको छ। पत्रकारसँग कुरा गर्दै मेननले भने, 'जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खाना, आवास र शिक्षा हो, त्यसैले कुनै पनि परिवारका लागि यो सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले आवासको व्यवस्था गरौं भन्‍ने सोचेर सहयोग गरेका हौं। आगामी १० वर्षमा ३ सय घर बनाउने निर्णय गरेका छौं। तर आज १० वर्ष होइन पाँच वर्ष हुनुपर्छ भन्ने लाग्यो, जतिसक्दो चाँडो काम सम्पन्‍न गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ।'अल रहमा एशोसिएशन फर मदरहुड एण्ड चाइल्ड वेलफेयर र ‘शोभा ग्रुप’बीच ‘एसएएस’ परियोजना पहलका लागि समझदारी पत्रम...