Saturday, November 23सत्यम खबर
Shadow

तपसी बाबा मन्दिरमा मधेश मिडिया मिसनको जिल्ला अधिवेशन भब्य रुपले सम्पन्न

नेपालगन्ज, १ फागुन – मधेश मिडिया मिसन नेपाल बाँके शाखाको जिल्ला अधिवेशन तथा वनभोज कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
पर्यटनलाई बढावा दिने उद्देश्यका साथ मधेश मिडिया मिसन नेपाल बाँके शाखाद्वारा आयोजना गरिएको जिल्ला अधिवेशन डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी स्थित धार्मिक स्थल श्री सत्यराम तपसी बाबा मन्दिर प्रा·णमा भब्य रुपले सम्पन्न गरिएको हो ।
अवधी क्षेत्र, अवधी भाषा, अवधी सांस्कार लगायत आफ्नै कारणले पछाडी परेको भनाई राख्दै उद्घाटन सत्रका विशिष्ट अतिथि तथा संस्थाका सल्लाहकार नन्दलाल वैश्यले अब हामी अवधी क्षेत्रलाई बढावा दिन आफ्नो आसपास भए रहेका धार्मिक स्थल, अवधी भाषा, अवधी सांस्कारलाई विभिन्न सञ्चारमाध्यम मार्फत जनमानस माझ प्रस्तुत गर्नु पर्ने बताउनुभयो ।


यस तपसी बाबा मन्दिरमा कार्यक्रमको आयोजना गरी मधेश मिडिया मिसनले सराहनीय कार्य गरेको हुँदा अन्य गैर सरकारी, सामाजिक संघ संस्थाहरुले समेत अन्य लुकेका क्षेत्रको पहिचान कायम गर्न यस खाले कार्यक्रमहरुको आयोजना गर्नु पर्ने विशिष्ट अतिथि वैश्यले बताउनुभयो ।
मधेश मिडिया मिसन नेपाल बाँके शाखाले हालसम्म भए गरेका कार्यहरु सराहनीय हुनुका साथै अवधी भाषी वरिष्ठहरुलाई समाजमा न्यायोचित्त पहलकदमी गरेर अगाडी ल्याउनुपर्ने तर्क राख्दै राप्रपा नेता मदनराज शर्माले मिडियाको मार्फत सम्भावित क्षेत्रहरुको पहिचान गरी त्यसबारे कलम चलाउनुका साथै सबै यसमा लाग्न जरुरी रहेको हुँदा अब बन्दुको आवश्यक छैन, कलम र विचारको मात्र आवश्यकता भएको बताउनुभयो ।


कार्यक्रममा अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, अध्यक्ष राकेशकुमार मिश्र, प्रेस युनियन बाँकेका सचिव भिष्मा लोध, समाजसेवी माधवराम बर्मा, गंगाराम यादव लगायतले श्री सत्यराम तपसी बाबाको महिमा बारे जानकारी गराउनुका साथै त्यस क्षेत्रमा भएका अन्य राप्ती नदी, कम्मरशाह बाबा, गोबद्र्धम धाम, सन्तानेश्वर धामलगायत बारे आ–आफ्नो भनाई राखेका थिए ।
सभाध्यक्षको आशनबाट उद्घाटन सत्रको समापन गर्दै मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै तपसी बाबा मन्दिर प्रा·णमा कार्यक्रम सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण प्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
उद्घाटन सत्रको शुभकामना तथा अतिथी स्वागत संस्थाका सदस्य धर्मप्रकाश जयसवालले गरेका थिए भने कार्यक्रमको सञ्चालन शाखा सचिव सन्ध्या शर्माले गर्नु भएका साथै ३ वर्षे कार्यकाल बारे प्रगति प्रतिवेदन समेत बाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *