नेपालगन्ज, १९ फागुन – मधेश मिडिया मिसन बाँके शाखा अन्तर्गत रहेको नागरिक अधिकार मञ्चको जिल्ला अध्यक्षमा समीर अलीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।
मञ्चको उपाध्यक्षमा टंक रेग्मी, आकाश कसौधन, सचिवमा अमन हुसेन सल्मानी, कोषाध्यक्षमा सकिल अहमद राई, सह–सचिवमा फरमान सल्मानीलाई चयन गरिएको अध्यक्ष अलीले जानकारी गराएका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमशः असिफ सिद्दिकी, अजिज मलिक, जाहिद सिद्दिकीलाई सर्वसम्मत चयन गरिएको छ भने सल्लाहकारहरुमा अजयकुमार गुप्ता, रमेशचन्द्र कुमाल, चन्द्रेश्वरराज त्रिपाठी, मनोज कौशललाई चयन जनाईएको छ ।
अध्यक्षमा चयन गरिएको समीर अलीका अनुसार अब हामी नागरिक अधिकार मञ्चलाई नयाँ पहिचानका साथ अगाडी बढ्नुका साथै नगर कमिटी तथा वडा कमिटीहरु समेत छिट्टै गठन गर्ने बताउनुभयो ।