Thursday, April 30सत्यम खबर
Shadow

मालिकहरुले खोजेको काम आफूहरुले गर्ने कि नगर्ने ? प्रमुख चौधरी

नेपालगन्ज, ५ माघ – डुडुवा गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले हाम्रो प्रतिस्पर्धी रहेकाहरुले आफू अनुकुल कार्य गराउन खोजेको हुँदा त्यसो नगरेको तथा हाम्रो मालिकहरुले खोजेको काम आफूहरुले गर्ने कि नगर्ने प्रश्न गर्दै हामी हाम्रो मालिकहरुको सेवामा दिनरात खटि आएको जानकारी गराउनुभयो ।
डुडुवा गाउँपालिकाद्वारा आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त भनाई राख्दै पालिका प्रमुख चौधरीले ०८०÷०८१ को प्रगति विवरण सार्वजनिक गरेका छन् ।
प्रमुख चौधरीले मलाई किंमजोंगको संज्ञा दिनेहरुलाई केही भन्नु छैन, मलाई भ्रष्टाचारी भनेकोलाई म चुनौती दिन चाहान्छु मेरा मालिकहरु कै अगाडी सम्पूर्ण प्रमाणसहित प्रस्तुत हुनुस, पालिका विधि र नियम अनुसार चल्ने भएको हुँदा आफूहरुले त्यसो गरिएको जानकारी गराउँदै अब छिट्टै छलफलको माध्यमबाट समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा पालिका प्रमुख नरेन्द्रकुमार चौधरी, उपप्रमुख साहिदा बानो, वडाअध्यक्षहरु अमोद तिवारी, दुर्गाप्रसाद बर्मा, सगिर खाँको सहभागिता रहेको थियो भने सञ्चालन पालिका प्रेस संयोजक राकेशकुमार मिश्रले गरेका थिए ।

डुडुवा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०÷०८१ को पुस मसान्तसम्मको प्रगतिविवरण :
१.गाउँपालिका बाट सञ्चालित घर–घर स्वास्थ्यकार्यक्रम बाट वडा नं. १ देखि ६ सम्मका सम्पूर्ण नागरिकहरुलाई घर–घरमा सामान्य स्वास्थ्य परिक्षण र स्वास्थ्य कार्ड स्थलगत रुपमाकरिब ४२०४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको छ ।
२. गाउँपालिका बाट सञ्चालित स्वास्थ्य प्रयोगशाला कार्यक्रमबाट बेतहनीको स्वास्थ्य प्रयोगशालाबाट १६२१ जना, हिरमिनियाको स्वास्थ्य प्रयोगशालाबाट २३७८ जना, कम्दी स्वास्थ्य प्रयोगशालाबाट ७२६ जना गरि करिब ४७२५ जनालाई स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको ।
३. गाउँपालिकाबाट सञ्चालित जेष्ठ नागरिकस“ग गाउँपालिका अध्यक्ष कार्यक्रमबाट सबै वडाका जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण, सामान्य प्रयोगशाला (मलेरिया, मघुमेह) सेवा घर–घरमा स्वास्थ्यकर्मीबाट करिब ५३४ जनालाई सेवा प्रदान गरिएको ।
४. गाउँपालिकाबाट सञ्चालित बर्थिंङ्ग सेन्टर बेतहनी स्वास्थ्य चौकीमा २०० जना, बनकट्टी स्वास्थ्य चौकीमा ७५ जना, हिरमिनिया स्वास्थ्य चौकीमा ११९ जना र कम्दी स्वास्थ्य चौकीमा ७० जना गरी ४६४ जनालाई सेवा प्रदान गरिएको छ ।
५. गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुबाट बहिङ्ग (ओ.पि.डी) सेवा २५५१२ जनालाई सेवा प्रदान गरिएको ।
६. गाउँपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य चौकी र मा.वि. स्कूलहरुमा इन्टरनेट सहित इन्टरकम र सी.सी.टी. भी. क्यामरा जडान भई डिजिटल प्रणाली मार्फत कार्य सम्पदानको निगरानी भई रहेको ।
७. गाउँपालिकाको कृषि विकास शाखाबाट कृषि सहकारी÷कृषक समूह र कृषकहरुलाई किट नाषक तथा ढुसी नाषक बिषादी ५४७ जनालाई निःशुल्क वितरण गरिएको ।
८. गाउँपालिकाको कृषि विकास शाखामा ११ वटा व्यवसायिक कृषकहरुको कृषक समूह दर्ता गरिएको ।
९. गाउँपालिकाबाट सञ्चालित बहुबार्षिय आयोजना अन्तर्गत डुडुवा–६ मा निर्माणाधिन शित भण्डारण गृह (कोल्ड स्टोर) को भौतिक प्रगति ५५ प्रतिशत भएकोले यसै बर्ष कार्य सम्पन्नमा जोड दिई सञ्चालन ल्याईने ।
१०. गाउँपालिकाबाट सञ्चालित घर–घर पशु स्वास्थ्य कार्यक्रमबाट पशुपालक कृषकहरुको घरमा स्थलगत २४३५० पशुपन्छीलाई निःशुल्क उपचार गरिएको ।
११. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई÷भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान ७२१ पशुमा गरिएकोमा करिब ४३३ पशुहरुमा सफल भएको ।
१२. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको (गोरु÷बोका) करिब ७५३ पशुहरुलाई बन्ध्याकरण गरिएको ।
१३. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट सञ्चालित पशु प्रयोगशालाबाट ९९१ जना कृषकहरुको गोबर परिक्षण गरी सेवा प्रदान गरिएको ।
१४. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको करिब ८८ पशुपन्छीमा रेबिज बिरुद्ध खोप सेवा प्रदान गरिएको ।
१५. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १४२३ पशुहरुको निःशुल्क उपचार गरी रोग निको भएको ।
१६. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १८०० पशुहरुमा रोग बिरुद्धको खोप सेवा प्रदान गरिएको ।
१७. गाउँपालिबाको पशु सेवा स्वास्थ्य शाखाबाट सञ्चालित आन्तरिक तथा बाह्यय परजिबि नियन्त्रण कार्यक्रम अन्तर्गत घर–घरमा गई स्थलगत पशुपालन गरेका करिब ५८७८ घरधुरीमा सेवा प्रदान गरिएको छ ।
१८. गाउँपालिकाबाट सञ्चालित ७५ वटा बालविकास केन्द्रमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा २६ वटा राम्रो, २७ वटा मध्यम र २२ सुधार गर्ने आवस्थामा देखिन्छ ।
१९. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका मा.वि., आधारभूत विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९५ प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ७० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ।
२०. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका धार्मिक मदरशा÷गुरुकुल विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९० प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ५० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ।
२१. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा बिद्यार्थीहरुलाई नैतिक शिक्षा (ढोग,सलाम,नमस्ते) संस्कार लागु गरिएकोमा प्राम्भिक प्रगति करिब ४० प्रतिशत भएको देखिन्छ ।
२२. गाउँपालिकाबाट सञ्चालित डुडुवा–२ को अमृतपूर्वा देखि रामनगर पाझासम्म पि.सि.सि. बाटोको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ।
२३. गाउँपालिकाबाट डुडुवा–२ को पशुपतिमा.वि.मा ९ कोठे भवन निर्माणको भौतिक प्रगति ४० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ।
२४. गाउँपालिकाको साँस्कृति पर्यटनका लागि डुडुवा–२ को रामनगर पाझामा शिवको प्रतिमा स्थापना गर्न सम्भावयता अध्ययन गरी निर्माण कार्य अघि बढाउने छ ।
२५. पशु स्वास्थ्य सेवा लिन वितरण गरिएको कार्ड हराएमा रु १००।– दस्तुर बुझाई नयाँ कार्ड लिन सक्ने ब्यवस्था गरिएको ।
२६. जग्गा व्यवस्थापन कार्यक्रम अन्तर्गत जग्गा नाप नक्सा गर्नका लागि प्रति कित्ता रु २००।– दस्तुर बुझाई सेवा लिन सक्ने व्यवस्था गरिए अनुरुप २०८० साउन देखि हालसम्म ६५ जनाको ९० कित्ता जग्गा नाप जाँच गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *