
नरैनापुर, १२ मंसिर – विश्व हिन्दु परिषद नरैनापुर वडा नं. २ मा मोनु सिंह यादवको अध्यक्षतामा ६३ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
आज मंगलबार बिश्व हिन्दू परिषद नरैनापुर वडा न २ को बडा कमिटी गठन गरिएको अधिवक्ता रामकुमार दीक्षितले जानकारी गराउनु भयो । दीक्षितले दिएको जानकारी अनुसार नरैनापुर वडा नं.–२ स्थित जब्दाहा बाबा कुटीमा आयोजित भेलाले यादवको अध्यक्षतामा ६३ सदस्यीय बडा कमिटी गठन गरेको छ ।

सोही भेलाले उपाध्यक्षमा जगराम मौर्य, कलावती गोडिया, सचिवमा ताराप्रसाद पाण्डे, सहसचिवमा पण्डित मनोजकुमार शर्मा, कोषाध्यक्षमा कौशलकुमार यादवलाई चयन गरेको छ ।
त्यसैगरी सेवा प्रमुखको जिम्मेदारी कृपाराम साहु, युवा प्रमुखको जिम्मेवारी सूर्यप्रकाश पाठक, सत्संग प्रमुखको जिम्मेवारी बेंचुदयाल यादव, गौरक्षा प्रमुखको जिम्मेवारी अजयकुमार पाठकलाई दिइएको छ ।

बडा कमिटीको प्रमुख सल्लाहकारको जिम्मेदारी सुरेशकुमार कोरीलाई दिइएको छ ।
उक्त भेलामा बिश्व हिन्दू परिषद नरैनापुर पालिका कमिटीका अध्यक्ष सुधीरकुमार शर्मा, अधिवक्ता रामकुमार दीक्षितको बिशेष उपस्थिति रहेको थियो ।
