हरिशयनी एकादशी / बकर इद एकै दिन
नेपालगन्ज, २६ असार –चतुर्मास व्रत को थालनी असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदै छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सकिन्छ ।विष्णु भगवान् चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीपछि मात्र मङ्गल लगन तथा मुहूर्तहरू हुन्छन् ।
हरिशयनी एकादशीको महत्त्व
आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्त्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन ९सुत्न०...









