Monday, April 13सत्यम खबर
Shadow

थुकैलाबाट गाईको मासुसहित २ जना पक्राउ

नेपालगन्ज, १७ साउन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ स्थित थुकैलामा चौलिक्का पछाडी गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा गाई काट्दै गरेको अवस्थामा प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ थुकैलाका ४६ बर्षिय सलाउद्दिन जोलाहा र सोही स्थानका ५३ बर्षिय बदरुद्दिन जोलाहालाई गाईको मासुसहित रंगेहात पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट मासु काट्न प्रयोग हुने औजारसहित करिव एक क्विन्टल गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *