Thursday, April 23सत्यम खबर
Shadow

विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान

नेपालगन्ज, ३ भाद्र – नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालयको अध्यक्ष तथा सामाजिक सद्भाव समितिका संयोजक दिपक लोधको अगुवाईमा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका बाँकेमा मुस्लिम, थारु तथा अन्य धर्मावलम्बीहरुद्वारा शहीद इमाम हुसैन र कर्बलाका अन्य शहीदहरुको सम्झनामा मनाइने पवित्र मोहर्रम पर्वको अवसरमा नगर भित्र शान्ति, सुरक्षा र सद्भावको वातावरण स्थापित गर्न सहकार्य र सहयोग गरेको हुँदा उक्त सम्मान सम्बन्धित समाजका अग्रजहरुलाई प्रदान गरिएको सामाजिक सद्भाव समितिका अध्यक्ष लोधले बताउनुभयो ।


सम्मानित हुनेहरुमा सशस्त्र प्रहरीका एसपी जनक बस्नेत, डा. विनोद कर्ण, डा. बैभव टण्डन, दैनिक नेपालगन्जका झलक गैरे, सत्यमखबर डटकमका चन्द्रेश्वरराज त्रिपाठी, इमरान अहमद हलवाई रहेका छन् । सम्मानित हुने सम्पूर्णलाई प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बागेश्वरी मन्दिरका महन्त तथा राष्ट्रिय धर्मगुरु चन्द्रनाथ योगी, पूर्व संविधान सभा सदस्य भोला सिद्दिकी, पूर्व जामा मस्जिद अध्यक्ष रहमान मियाँ, धर्मगुरु मौलाना कलिम अन्सारी, हाजी कदिर अन्सारीलगायतले सम्मान गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *