Thursday, April 23सत्यम खबर
Shadow

मिसेज नेपालगन्जको पहिलो अडिसनबाट २१ जना छानिए

नेपालगन्ज, ३ भाद्र – तिज नृत्य प्रतियोगिता संगै फेसन सो र मिसेज नेपालगन्जको पहिलो अडिसनबाट २१ जना छनोट भएका छन् । मिसेज नेपालगन्जको लागि भएको पहिलो अडिसनबाट २१ जना गृहणी महिला छनोट भएका हुन् । ६७ जना प्रतिस्पर्धी मध्येबाट २१ जना महिला छनोट गरिएको आयोजक अवधि मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ ।


मिसेज नेपालगन्ज प्रतियोगिताको निर्णायकमा सुबिना अधिकारी, गिता क्षेत्री वर्नवाल, नृत्य निर्देशक भरत महतो, कृष्णा पाण्डे लगायत रहेका थिए । नृत्य बिद्याको अडिसन भने भोली शनिबार ४ गते मेरो प्लानेटमा ११ बजेदेखि हुने आयोजकले जनाएको छ । प्रतियोगिहरुले ३ मिनेटको गितमा आफ्नो प्रस्तुती राख्नुपर्ने टेलिभिजन प्रमुख आशिष गुप्ताले बताए ।


प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने आशिष गुप्ताले जानकारी दिए । प्रतियोगितामा नृत्य र फेसन संगै मिसेज नेपालगन्ज बिद्याका फस्ट रनरअपले ५१ हजार, सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *