Wednesday, April 22सत्यम खबर
Shadow

साहु समाजले श्रीकृष्ण जन्माष्टमी मनाउने

नेपालगन्ज, १ भाद्र – साहु समाज बाँकेले वडा नम्बर ५ पिपल चौतारा स्थित धर्मशालामा बनेको राधाकृष्ण मन्दिरमा भब्य श्रीकृष्ण जन्माष्टमीको बिधिवत धार्मिक कार्यक्रमको आयोजन गर्ने भएको छ ।

समाजले यही भाद्र ३ गते गर्ने “श्रीकृष्ण जन्माष्टमी तिथिमा” जन्म महोत्सव जागरण कार्यक्रममा साङ्गीतिक भजन-किर्तन मण्डली भारतको अयोध्याबाट आउने र सोही आयोजनको अवसरमा भाद्र ८ गते “प्रसादीग्रहण” भण्डारा गरिने साहु समाजका जि. सचिव प्रदीप साहले जानकारी गराउँदै महोत्सवमा सबैको उपस्थितका लागि अनुरोध गरेका छन ।

समाजले प्रत्येक बर्ष बिषेश आयोजनका साथ श्रीकृष्ण जन्माष्टमी र बिषेश चाड पर्व धुमधामका साथ मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *