भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीद्वारा कार्वाहीको माग गर्दै धर्ना
नेपालगन्ज, १४ जेष्ठ – जेष्ठ ४ गते बिरामीलाई भेरी अस्पतालमा भर्ना गरी अवस्था जटिल भएपछि १३ गते विहिबार राती कोरोना संक्रमित बिरामीको मृत्युपछि उनको आफ्न्तद्वारा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु माथि हातपात गरिएको छ ।सोही हातपात गरिएको विषयलाई लिएर हाल भेरी अस्पताल प्रा·ण भित्र भेरीमा कार्यरत सयौं स्वास्थ्यकर्मीहरुले आफूहरुलाई सुरक्षा अनुभूति दिलाउनुका साथै हातपात गर्ने पक्षलाई कार्वाहीको माग गर्दै धर्ना गरिरहेका छन् ।
विहिबार राती भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि उनका आप्mन्तहरुले अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण गरेको विरोधमा विभिन्न नारासहित धर्ना गरिरहेका छन् । अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्सलाई मृतकका आफन्तले लखेटेर कुटपिट गरेका थिए ।स्रोतका अनुसार जेष्ठ ४ गतेदेखि दाङ निवासी डिल्लीबहादुर रावतको उपचारका क्रममा वि...









