Friday, April 17सत्यम खबर
Shadow

भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीद्वारा कार्वाहीको माग गर्दै धर्ना

नेपालगन्ज, १४ जेष्ठ – जेष्ठ ४ गते बिरामीलाई भेरी अस्पतालमा भर्ना गरी अवस्था जटिल भएपछि १३ गते विहिबार राती कोरोना संक्रमित बिरामीको मृत्युपछि उनको आफ्न्तद्वारा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु माथि हातपात गरिएको छ ।
सोही हातपात गरिएको विषयलाई लिएर हाल भेरी अस्पताल प्रा·ण भित्र भेरीमा कार्यरत सयौं स्वास्थ्यकर्मीहरुले आफूहरुलाई सुरक्षा अनुभूति दिलाउनुका साथै हातपात गर्ने पक्षलाई कार्वाहीको माग गर्दै धर्ना गरिरहेका छन् ।


विहिबार राती भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि उनका आप्mन्तहरुले अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण गरेको विरोधमा विभिन्न नारासहित धर्ना गरिरहेका छन् । अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्सलाई मृतकका आफन्तले लखेटेर कुटपिट गरेका थिए ।
स्रोतका अनुसार जेष्ठ ४ गतेदेखि दाङ निवासी डिल्लीबहादुर रावतको उपचारका क्रममा विहिबार राती ८ बजेतिर मृत्यु भएको थियो । मृत्यु भए लगत्तै मृतकका भाई मानबहादुर रावत लगायतले चिकित्सक र स्टाफ नर्सलाई लखेटिलखेटी आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा आफ्नो ज्यान जोगाउन ३ जना नर्सले छतबाटै हाम फालेका थिए । आक्रमणकारीले नर्स र चिकित्सकको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको पीडितको भनाई रहेको छ ।


‘हामीले सबै बिरामीलाई हेरिरहेका थियौं, आईसियुमा एकजना बिरामीलाई अलि अप्ठ्यारो भएपछि त्यहाँ हेर्न गएको बेलामा यतातिर उहाँ (डिल्लीबहादुर) को मृत्यु भएछ, त्यसपछि हामीलाई ६÷७ जना केटाहरु बोलाएर लेखेट्न थालियो,’ एक जना स्टाफ नर्सले भनिन् ‘ज्यान जोगाउन हरेक प्रयास गर्दा पनि केही सिप चलेन्, कसैले घाँटी थिच्ने, कसैले लखेट्ने काम गरे, ड्युटी रुममा पसेर लुक्दा पनि ढोका फोडे, शौचालयमा पस्दा पनि ढोका फोडेपछि हामफाल्न बाध्य भयौं ।’
आफुहरुको हत्या नै गर्ने प्रयास भएको र उक्त घटनाले काम गर्ने वातावरण नै नभएको पीडित स्वास्थ्यकर्मीले बताएका छन् । ‘हामी बिरामीको सेवामा रातदिन खटिरहेका छौं, तर हामीलाई आक्रमण गरेर हत्या गर्ने प्रयास भयो,’ एक स्टाफ नर्सले भनिन् ‘हामीमाथि ठुलो अन्याय भएको छ, दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ मृतकका आप्mन्तले स्वास्थ्यकर्मी माथि आक्रमण मात्र गरेनन्, अस्पतालको आईसियु कक्षमा समेत तोडफोड गरिदिएका छन् । घटनापछि राती अबेरसम्म चलेको छलफलबाट घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति बनाइएको जिल्ला प्रहरी कार्यालय बाँबेका प्रमुख (एसपी) ओमबहादुर रानाले जानकारी दिए ।


आक्रमणमा संलग्न रहेका मानबहादुरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको बाँके प्रहरी प्रमुख रानाले भने अन्य व्यक्ति भने फरार रहेको बताए । ‘आक्रमणमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएका छौं, पीडित स्वास्थ्यकर्मीले सरकारद्वारा हालै जारी गरिएको ऐन अनुसार कारबाही गर्नुपर्ने माग गर्नु भएको छ,’ प्रहरी प्रमुख रानाले भने । आक्रमण गर्ने व्यक्तिले आफुहरुसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पावर भएको बताएकाले कारबाही हुनेमा पीडित स्वास्थ्यकर्मीले शंका व्यक्त गरेका छन् ।
नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी ओलीले भेरी अस्पतालको घटना निन्दनीय र निकृष्ट भएको बताउनुभयो ‘कोभिडको यस्तो महामारीमा स्वास्थ्यकर्मीले दिनरात नभनेर बिरामीको सेवा गरिरहेका छौं, तर स्वास्थ्यकर्मी माथि नै यस्तो अमानविय घटना हुन्छ, साह्रै दुःखी भएका छौं,’ अध्यक्ष ओलीले भनिन् । छानविन समिति माथी नैं शंका रहेको अध्यक्ष केसीको भनाई छ । भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पतालको कोभिड वार्डमा भएको घटना एकदमै दुःखत र अमानविय कार्य भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *