निषेधाज्ञाको आडमा करोडौ मूल्यका ऐलानी जग्गा अतिक्रमण गरिंदै : उपमहानगरपालिका भने मौन
विद्रोहीनेपालगन्ज, १३ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा लक्ष्मी चलचित्र मन्दिर नेपालगन्जको नै पुरानो फिल्महल हो । यहाँको दक्षिणतर्फ र लक्ष्मी चलचित्र मन्दिरको पश्चिमतर्फ फोहोर पानी बग्ने पुरानो ठूलो नाला रहेको छ ।यो नाला न्यूरोडको पूर्वतर्फ रहेको नालासाग जोडिएको छ । अहिले कोभिड–१९ कोरोना भाईरसको कारण बैशाख २० गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । यस समयमा न्यूरोडको नजिक रहेका अधिकांश धनाढय सेठहरु रातारात यहाँ पिलर हालेर सेफ्टी ट्यांक निर्माण गरी करीब ३ कठ्ठा जमिन कब्जा गरिरहेको देखिएको छ ।
यसअघि उनीहरुले आफ्नो घर बनाउँदा यो खाली जमिनमा कुनै प्रकारको निर्माण विकास कार्य गरेका थिएन । तर अहिले निषेधाज्ञाको मौका छोपी उनीहरु करोडौ मूल्यको ऐलानी जग्गा कब्जा गरिरहेका छन् । यस सम्बन्धमा नेपालगन्ज उद्योग वाणिज्यका संघका निवर्तमान अध्यक्ष र कसौधन वैश्य समाजका अध्यक...









