Monday, May 4सत्यम खबर
Shadow

“रेम्डिसिभिरको कालोबजारीमा मेडिकल कालेज कोहलपुरका फार्मेसीहरु सक्रिय” पीडित

नेपालगन्ज, १३ बैशाख – हाल नेपालमा मात्र नभई छिमेकी मित्र राष्ट्र भारतमा समेत कोरोना संक्रमित बिरामीहरुको चाप अत्याधिक मात्रामा रहेको कसैबाट लुकेको छैन् । खास कुरा हाल नेपालगन्जमा कोरोना संक्रमितहरुको संख्यामा बृद्धि हुँदै जानु र कोरोना संक्रमितहरुलाई लगाईने रेम्डिसिभिर औषधिमा कालोबजारी हुनु आफैमा लज्जास्पद रहेको सरोकारवालाहरु बताउँछन् ।
यसबारे आज सोमबार बिहान बर्दिया जिल्लाका फोकलपर्सन नरेश श्रेष्ठले आफ्नो सार्वजनिक सञ्जालमा एउटा स्टाटस लेखेको देखेर मन नै खिन्न भएर वास्तविकता के हो भनी पत्ता लगाउन लाग्दा आज दिन नै बितेको अवस्था कसैलाई भन्दा उसलाई सहजै विश्वास नहुन सक्छ । तर यो वास्तविक र सत्य नै हो ।


यस बारे नेपालगन्जमा रहेका तमाम मेडिकल, फर्मा, कम्पनीहरुमा वास्तविकता के हो भनी जानकारी माग्दा धेरै जसोले त हामीलाई यसबारे केही जानकारी नै छैन तथा हामीलाई यसको बिक्री वितरणका लागि अधिकार समेत नरहेको बताए ।
केहीले त आफ्नो नाम नछाप्ने सर्तमा यसको कालोबजारी नै भएको छ । नाम नराख्ने सर्तमा भने– “म आफू औषधि व्यवसायी हुँ तर मेरो घर परिवारका ३ जना कोरोना संक्रमित भई बिरामी हुँदा उनको लागि चाहिएको रेम्डिसिभिर किन्न जाँदा ७ हजार ५ सयमा खरीद गरिएको बताए । कहाँबाट किन्नुभयो भन्ने प्रश्नमा उहाँले नेपालगन्ज मेडिकल कलेज कोहलपुर र नेपालगन्ज मेडिकल कालेज नेपालगन्जमा यसको बिक्री वितरण भित्री रुपमा हुने गरेको र सरकारले तोकेको मूल्यभन्दा डबल मूल्य तिरी किन्नु परेको बताए ।”


उनले भने– “यहाँ ब्रम्हलुट छ, हामीलाई यस्तो पङ्गु बनाई दिएका छन्, तर कोही बोल्दैनन्, हामी के गर्ने, ४ हजार ५ सयमा पाईने ईन्जेक्सन ७ हजार ५ सयमा अस्पताल भित्रका फार्मेसीहरुले बिक्री गरिरहेका छन् । ” अगाडी थपे हजुरलाई प्रमाण चाहिएको छ भने ईलाका प्रहरी कार्यालयबाट दुईजना प्रहरी लिनुस् र आफै जानुस् कतिमा पाईन्छ त्यो प्रमाणसहित पाउनु हुन्छ । मलाई ७ हजार ५ सय लिएर बिल पनि दिएनन्, बिल मागेको अवस्थामा औषधि पनि नदिने भनेपछि मैले औषधि बढी मूल्य तिरेर किने” भनी उनले बताउनुभयो ।
लुम्बिनी प्रदेशका एनसिडिएक उपाध्यक्ष अभय बस्नेतले भने यो यहाँबाट सप्लाई हुँदैन, काठमाण्डौबाट नै सप्लाई हुन्छ भनी जवाफ फर्काउँदै अरुमाथि झारो टार्नुभयो ।


यसबारे थप जानकारी लिन बुटवल फोन गरियो । एक जना स्वास्थ्यकर्मीले नाम नराख्ने सर्तमा भन्नुभयो– “यसका आधिकारिक बिक्री ४ वटा कम्पनीहरु रहेका छन् । जसमा यतिकेम फर्मा डिस्टीब्यूटर्स प्रा.ली. काण्डमाण्डौ, हाम्रो मेडि कन्सर्न, काठमाण्डौ र अन्य दुई । उनीहरुबाट देशभरी कोभिड–१९ अस्पताल भएको स्थानमा सप्लाई हुने गर्दछ र यसको बिक्री वितरण अन्य औषधि पसलेहरुलाई गर्ने अधिकार नभएको तथा कसैले गरेको अवस्थामा जेल समेत हुन सक्ने प्रावधान रहेको छ ।
भेरी अस्पतालको हकमा अस्पतालद्वारा सञ्चालित औषधि पसललाई आधिकारिक रुपमा बिक्री वितरण गर्ने जिम्मा रहेको तथा रेम्डिसिभिर औषधि निःशुल्क उपलब्ध गराउनु पर्ने हुन्छ तर प्राईभेट अस्पतालको लागि शुल्क तोकिएको छ, तोकिएको शुल्कभन्दा बढी लिएको अवस्थामा समेत जेल सजाय हुन सक्ने वा लाईसेन्स खारेज हुन सक्ने कानुनी प्रावधान रहेको बताउनुभयो ।

तर यसबारे सम्बन्धित अनुगमन गर्ने निकाय हाल गांधी जीको बन्दर बनी बसेका छन् । न केही सुन्ने, नदेख्ने, नकेही गर्ने भई मुख दर्शक भएको अवस्था विद्यमान रहेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *