Saturday, June 27सत्यम खबर
Shadow

अपराध

नरैनापुरमा शिक्षाको बेतिथी बिरुद्ध युवाहरु आन्दोलित

नरैनापुरमा शिक्षाको बेतिथी बिरुद्ध युवाहरु आन्दोलित

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १७ मंसिर – नरैनापुरका सामुदायिक बिद्यालयहरुमा भईरहेको लापरवाही, बेथिती बिरुद्ध नरैनापुरका युवाहरु आन्दोलित भएका छन् । आन्दोलनमा उत्रिएका युवाहरु नरैनापुर शिक्षा र स्वास्थय बाहेक सम्पुर्ण सेवा र यातायात अवरुद्ध गरेको बताएका छन । आन्दोलनकारीहरुले आज पहिलो दिन नरैनापुर–नेपालगन्ज सडकखण्डको कोहला नजिक ३ घण्टा सम्म सवारी साधन रोकेर बाटो अवरुद्घ गरेको आन्दोलनमा सहभागी नरैनापुर–६ का युवा नेता हेमकुमार यादवले बताए । यादवका अनुसार ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको अनुरोधमा ३ घण्टा पश्चात् अवरुद्ध बाटो खोलेको र आज सांझ बैठक बसेर भोली देखिको योजना सार्वजनिक गर्ने बताए । आन्दोलनकारीहरुले युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण कुमार चौधरीको शरुवा गर्नु पर्ने, गाउँ शिक्षा समिति खारेज गर्नु पर्ने, बिद्यालयहरुमा कक्षा १ देखि ८ सम्म लागू हुने स्थानिय पाठ्यक्रमको किताब यथासिघ्र...
बि.एन. कम्यूनीटि ईयर सर्भिसको अर्को झूठको भण्डाफोर

बि.एन. कम्यूनीटि ईयर सर्भिसको अर्को झूठको भण्डाफोर

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ मंसिर – केही दिन अगाडी मात्र भारतीय सीमा क्षेत्र रुपैडियाबाट विदेशी नागरिक प्रवेश गरेको आरोपमा दुई जना नागरिकलाई पक्राउ गरिएको थियो । उक्त पक्राउ गरिएको नागरिकमा एक जना ब्रिटिश महिला र एक जना पाकिस्तानी नागरिक रहेको सीमा सुरक्षा बल एसएसबीले जनाएको थियो । जसमा ब्रिटिश महिला नागरिकलाई नेपालगन्जमा रहेको बि.एन. कम्यूनीटि ईयर सर्भिस नामक अस्पतालले बोलाएको तथा उनलाई नेपालगन्जमा वरिष्ठ डा. आशिम किदवाईको गाडी नं. ७४०० बागमती प्रदेश ०१०३८ प. नम्बरको गाडी प्रयोग गरी रुपैडिहासम्म पु¥याईएको प्रमाण भेटिएको थियो । यसै सम्बन्धी बुझ्दै जाँदा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका प्रबन्धक चेतनारायण चौधरीका अनुसार केही समय अगाडी मेडिकल क्याम्प लगाउनलाई हामीबाट करोड बढीको सामान बि.एन. कम्यूनीटि ईयर सर्भिसले लागेका थिए । जुन जिल्ला प्रशासन क ार्यालय बाँकेको सहकार्यमा सम्झौता गरी फिर्ता...
विदेशी नागरिक भित्र्याउने बि.एन. अस्पतालमाथि कार्यवाहीको माग

विदेशी नागरिक भित्र्याउने बि.एन. अस्पतालमाथि कार्यवाहीको माग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० कार्तिक – नेपालगन्जको बाटो प्रयोग गर्दै भारत प्रवेश गर्न लागेका ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ । नेपाल–भारतको खुला सीमाको फाईदा उठाउँदै विगत वर्षदेखि कतिपय आतंककारी, लभजिहादको (सीमाको प्रेम कहानी) घटनामा संलग्नहरु भारततर्फ प्रवेश गरेको घटनाहरु सार्वजनिक भएसँगै हिजो शनिबार भारततर्फ प्रवेश गरेको ब्रिटिश महिला र पाकिस्तानी पुरुषको घटनाले नयाँ तरंग नै उत्पन्न गरेको छ । केही दिन अगाडी मात्र दिल्लीको लालकिलामा कार भित्र बम बिस्फोट भएको थियो । सो बम विस्फोटपछि नेपाल भारत सीमानाका पूर्णरुपमा कडा पारिएको थियो । यस्तो अवस्थामा ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिक भारतीय सीमानाका रुपैडिया प्रवेश गरी एसएसबीको हात लाग्नु कुनै चानचुन घटना होइन । यहाँ बुझ्नुपर्ने के देखिन्छ भने उनलाई यहाँसम्म ल्याउने को हो ? उन...
प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा २६ करोड बेरुजु

प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा २६ करोड बेरुजु

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – बर्दियाको बढैयाताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू र लेखापाल नारायणराज त्रिपाठीको मिलेमतोमा २६ करोड रुपैयाँभन्दा बढी रकम बेरुजु भएको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ देखि २०८/०८१ सम्मको अवधिमा ठूलो रकम हिनामिना भएको पुष्टि गरेको हो । गाउँपालिकामा अहिलेसम्म ४९ करोड ८८ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसमा केवल ६ करोड २० लाख रुपैयाँ मात्र फछ्यौट भएको छ । प्रतिवेदनका अनुसार २०७७/०७८ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अर्जुन सुवेदी र लेखापाल नारायणराज त्रिपाठी तथा विनोदराज खनाल संलग्न रहँदा ९ करोड ९१ लाख रुपैयाँ बेरुजु भएको थियो । २०७८/०७९ मा पुनः अर्जुन सुवेदी र धर्मराज न्यौपानेको कार्यकालमा ८ करोड ८५ लाख रुपैयाँ बेरुजु देखिएको छ । २०७९/०८० मा लेखापाल त्रिपाठ...
दैनिक दर्जनबढी गाई–गोरु काटिंदा समेत प्रहरी मौन !

दैनिक दर्जनबढी गाई–गोरु काटिंदा समेत प्रहरी मौन !

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा रहेको गाई–गोरुलाई दैनिक दर्जन बढी काट्ने कार्य जारी रहेको स्रोतको दाबी रहेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ८ रनियापुरमा दैनिक एक दर्जन बढी गाई गोरु काट्ने गरिएको प्रत्येक्षदर्शीहरुको भनाई रहेको छ । यस अगावै समेत समाचार प्रकाशन भई उक्त कार्यमा संलग्न रहेका आरोपीहरुको नाम सार्वजनिक गर्दा पनि हालसम्म प्रहरी प्रशासनले कानुन बमोजिम कुनै कार्यवाही नगरिनुमा स्थानीयहरु आक्रोशित भएका छन् । बाँकेमा वर्षौदेखि गाई–गोरु तस्करीदेखि लिएर काट्ने तथा काटिएका गाई–गोरुलाई सुकाएर सुक्टी बनाएर होटलहरुमा बिक्री गर्दै आईरहेको कतिपय घटनाहरुको तथ्यांक नै रहेको पाईन्छ । जसमा केहीलाई कानुन बमोजिम संजाय भएको छ भने केहीलाई पक्राउ गरि छोडिएको घटनाहरु देख्न सकिन्छ । तर वर्षौदेखि खजुरा गाउँपालिका वडा नं. ८ स्थित रनियापुरमा ...
कुटपिट र दुर्व्यवहारप्रति ध्यानाकर्षण

कुटपिट र दुर्व्यवहारप्रति ध्यानाकर्षण

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ कार्तिक – कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाहीमाथि समाचार संकलनको क्रममा भएको कुटपिट र दुव्र्यवहारप्रति नेपाल प्रेस युनियन गम्भीर ध्यानाकर्षण गराउँदै कडा शब्दमा भत्र्सना गर्दछ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ बुच्चापुरमा बाघको आक्रमणबाट ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु भएको घटनाको समाचार संकलनका लागि मिति २०८२ कार्तिक ७ गते शुक्रबार घटनास्थलमा पुगेका पत्रकार शाहीमाथि केही स्थानीयले आक्रमण गरेको घटना अत्यन्तै दुःखद र निन्दनीय छ । पत्रकार शाहीका अनुसार, बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धितालमाथि भएको कुटपिटको भिडियो खिचेको कारण सो भिडियो मेटाउन दवाव दिँदै स्थानीयहरुले आफूमाथि कुटपिट गरेका थिए । पत्रकारको परिचय देखाउँदा देखाउँदै भएको यस्तो दुव्र्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । नेपालको संविधानले प्र...
लेखा अधिकृत त्रिपाठीको पालिकामा मौज : जनतासँग धरौटीको होइन, ‘सिस्टम नचलेको खेल’

लेखा अधिकृत त्रिपाठीको पालिकामा मौज : जनतासँग धरौटीको होइन, ‘सिस्टम नचलेको खेल’

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बर्दिया, २ कात्तिक – बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा पछिल्लो समय प्रशासनिक निष्क्रियता र कर्मचारीको मनोमानी व्यवहारले स्थानीय नागरिक त्रसित भएका छन् । गाउँपालिकामा नियुक्त लेखा अधिकृत नारायण राज त्रिपाठीले महिनौँदेखि “सिस्टम चलेको छैन” भन्ने कारण देखाउँदै जनतालाई झुलाउँदै आएको स्थानीयहरूले गुनासो गरेका छन् । विशेषगरी गाउँपालिका वडा नं. ४ र ५ मा पर्ने पिक्निक स्थलको ठेक्कासँग सम्बन्धित धरौती रकम फिर्ता माग गर्न आएका स्थानीय व्यवसायी महिनौँदेखि उनीसँग दौडधुप गरिरहेका छन्, तर समस्या समाधान नभएको गुनासो छ । ठेक्का बापतको धरौटी रकम फिर्ता गर्न माग गर्दा त्रिपाठीले पटक–पटक “सिस्टम चलेको छैन, पछि आउनु” भन्दै नागरिकलाई फर्काउने गरेको आरोप लागेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउन २३ गते पिक्निक स्थल व्यवस्थापनका लागि ठेक्का बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी भएका स्था...
पूर्वसभामुख महरा पक्राउ

पूर्वसभामुख महरा पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ असोज – नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई आज प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आईतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको उल्लेख गरेको छ । महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो । यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ । उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ । महरालाई प्रहरीले संगठित अपराध कसुरसमेत अभियोग लगाएको छ ।...
वरिष्ठ सई तथा पूर्ववडाध्यक्षसहित १३ लाख बढी नगदका साथ १४ जना जुवाडी पक्राउ

वरिष्ठ सई तथा पूर्ववडाध्यक्षसहित १३ लाख बढी नगदका साथ १४ जना जुवाडी पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २३ असोज – बुधबार राती ११ बजे प्रहरीद्वारा छापामारी प्राप्त गरिएको सफलता झिनो मात्र हो । यहाँ त दैनिक लाखौंको जुवा हुने गरेको स्रोतको दाबी रहेको छ । तर पनि तिहार अगावै सकारात्मक सन्देश प्रवाह भएको मान्न सकिन्छ जसमा वरिष्ठ सईदेखि राजनीतिककर्मीसम्मलाई खोरसम्म पु¥याउन प्रहरी सफल भएको छ । नगद १३ लाख ६३ हजार ८ सय रुपैयाँसहित जुवा खालमा नाम चलेका जुवाडेहरुलाई पक्राउ गरी समाजमा थोरै भएपनि सकारात्मक सन्देश प्रवाह गरेको नेपालगन्जबासीहरुको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा हालै आएका बाँके प्रहरी प्रमुख अंगुर जिसी आएदेखि नै चुनौतीहरुको सामना गर्दै आएका छन् । यसै चुनौतीहरु बीच नेपालगन्ज बसपार्क वाईपास रोडमा रहेको मौरी होटलका सञ्चालक बिज्ञान श्रेष्ठसहित गणेश बस्नेत, सेराज अन्सारी, ऋषी गुप्ता, तरुण गौतम, विनोद खड्का, नेकपा एमाले नेता तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का प...
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

अपराध, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुर, २२ असोज – धनुषा जिल्लाको रुपैठा स्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चौकमा आयोजित उक्त धर्ना अभियानका हिन्दुवादी युवा नेता मनीष पुर्वेको नेतृत्वमा सम्पन्न भएको हो। धर्नामा सहभागीहरूले धनुषा प्रहरी प्रशासन विरुद्ध कडा नाराबाजी गर्दै निर्दोष हिन्दू युवाहरूको तत्काल रिहाईको माग गरेका छन्। अभियानका नेताहरूले भने, “धर्म र संस्कृतिको संरक्षण गर्ने युवामाथि कारवाही गर्नु अन्यायपूर्ण कदम हो। प्रशासनले मूर्ति बिसर्जनका क्रममा आक्रमण गर्ने अपराधीमाथि कारवाही गर्नुपर्नेमा उल्टै पीडित समुदायका युवाहरूमाथि दमन गरेको छ, जुन अस्वीकार्य छ।” धर्नामा विभिन्न सामाजिक संघ–...