Sunday, March 9सत्यम खबर
Shadow

अपराध

नरैनापुरमा फेरी १५ वर्षिय बालिका ‘लभ–जिहाद’ को शिकार भई अपहरित

नरैनापुरमा फेरी १५ वर्षिय बालिका ‘लभ–जिहाद’ को शिकार भई अपहरित

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ माघ – विगत १ वर्षदेखि ‘लभजिहाद’ बाट परिचित नरैनापुर गाउँपालिका भित्र पटक पटक गरी दर्जन बढी बलात्कार, अपहरण, शरीर बन्धक लगायत घटना घटिसकेको तथ्यले देखाईरहेको अवस्था हुँदा समेत प्रहरी प्रशासनले कडाईका साथ पीडितलाई न्याय दिन नसक्दा फेरी सोही प्राकृतिको घटना घटेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा एक जना नाबालिकको अपहरण भएको छ । बाँके नरैनापुरको वडा नं. २ मा १५ वर्षिय निशा देवी (नाम परिवर्तन) को अपहरण भएको बताईएको छ । यही पौष २९ गते राती ८ बजे घर नजिकै रहेकोको खेतमा शौच गर्न गएको बेला उनको अपहरण भएको बताईएको छ । घरमा शौचालय नभएकोले खेतमा शौच गर्न गएकी नाबालिक छोरीको सोही ठाउँ बस्ने २० वर्षिय तपसीर खाँ, २५ वर्षिय रियाज खाँ, २५ वर्षिय सिराज खाँ, ३५ वर्षिय जाकिर खाँ र ५० वर्षिय निजामुद्दीन खाँको समूहले अपहरण गरी लगेको पीडितको परिवारले जनाएका छन् । पीडित परिवारले दिएको...
अक्बर अली खानद्वारा सरकारी जग्गाको ३८ लाख बढी च्वाँम, वडाअध्यक्षको मिलेमतो रहेको आरोप

अक्बर अली खानद्वारा सरकारी जग्गाको ३८ लाख बढी च्वाँम, वडाअध्यक्षको मिलेमतो रहेको आरोप

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ पुस – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको २३ वटै वडाहरुमा सरकारी जग्गा रहेको पाईन्छ भन्ने तथ्यांक विगतमा नगर प्रमुख डा. धवलशम्शेर राणाको पालामा नै सार्वजनिक गरिएको थियो । तर उक्त सार्वजनिक गरिएको सरकारी स्वामित्व रहेको जग्गामा कति पय वार्डहरुमा कब्जा गरिएको छ भने कतिपय वार्डका जनप्रतिनिधिहरुको सक्रियतामा कब्जा जग्गा छुटाई कतिपय योजनाहरु मा प्रयोग गरिएको तथ्य वार्ड नं. १८ बाट सहजै बुझ्न सकिन्छ । यसैगरी करीब २० वर्षदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा पर्ने सरकारी स्वामित्वमा रहेको जग्गा निहित एकजना व्यक्तिले मासिक १६ हजारका दरले भाडा खाँदै आईरहेको तथ्य सार्वजनिक भएको छ । उक्त सरकारी स्वामित्वमा रहेको जग्गाबारे सम्बन्धित वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले भने त्यो हामी निर्वाचित भएर आउनु अगाडीदेखि नै भोगचलन गरिआएका छन् । त्यसबारे हामी कानुनी सल्लाह गरेर नि...
छानबिनको लागि सशस्त्रका एसपी डाँगी हेडक्वार्टर तानिए

छानबिनको लागि सशस्त्रका एसपी डाँगी हेडक्वार्टर तानिए

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ९ पुस – सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी बिमल डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले बोलाएको छ । बाँकेमा भैरहेको तस्करी र कुटपिट बिषयमा एसएसपी गंगाराम श्रेष्ठ नेतृत्व समितिले प्रतिबेदन बुझाएपछि एसपी डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि बोलाएको हो । यस बिषयमा निरन्तर समाचार प्रकाशन भएपछि एसएसपी श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन भएको हो । एसपी डाँगीलाई आज १०ः३० बजे प्रधान कार्यालयमा उपस्थित हुन पत्र पठाएपछि उनी सोमवार बेलुकीको फ्लाइटबाट काठमाण्डौ गएका छन् । बाँकेमा एसपी डाँगीलाई तस्करसंग मिलेर पैसा असुलेको आरोप लागेको छ ।...
प्रहरीले लुकाएको सामूहिक बलात्कार घटना

प्रहरीले लुकाएको सामूहिक बलात्कार घटना

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, ७ पुस – कुनै घटना घटेपछि न्यायका लागि प्रारम्भिक रुपमा प्रहरीनै पहिलो माध्यम भएपनि नरैनापुरको एउटा सामूहिक बलात्कार घटना प्रहरीले लुकाएको चार दिन पछि सार्वजनिक भएको छ । नरैनापुरमा पौष ३ गते लागेको मेला हेरेर घर फर्किरहेकी नरैनापुर गाउँपालिका वडा नं.४ घोडदौरिया बस्ने १४ वर्षिय बालिका दुईजना युवाले सामूहिक जबरजस्तीकरणी गरेको विषय घटनाकै दिन पीडितहरु प्रहरीमा पुगेपनि प्रहरी जनदबाव पछि आज मात्र मेडिकल गर्ने तयारी गरेको छ । ईलाका प्रहरी कार्यालय भगवानपुरले घटनालाई लुकाउन पीडित परिवारलाई पटक पटक प्रहरी पठाएर धम्की दिँदै आएको खुलेको हो । पीडित बालिकाका बुबाले घटना लगत्तै आफुहरु प्रहरी कार्यालयमा गएपनि प्रहरीले सामान्य सोधपुछ गरेर घटनालाई गोप्य राख्न दबाव दिँदै आएको बताएका छन् । मिति २०८१/०९/३ गते राति अं.९ः०० बजे नरैनापुरमा लागेको मेला हेरेर फर्किने क्रममा भारतीय मोटरसाइकलम...
संस्कृति मन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप

संस्कृति मन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नविन थापा काठमाण्डौ, ३ पुस – संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री वद्री पाण्डेमाथि विदेशी प्रभावको साधन बनेर सांस्कृतिक उपनिवेशवाद र राष्ट्रिय सार्वभौमसत्तामा असर गर्ने गतिविधिहरू बढाएको आरोप लाग्न थालेको छ । यो आरोप नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा हस्ताक्षर गरेपछि काठमाडौँमा आयोजित नवौँ नानहाई बौद्ध सम्मेलनको आयोजनासँगै लाग्न थालेको हो । मन्त्री पाण्डेको अनुमतिमा उक्त सम्मेलन आयोजना गरिएको भनिएपछि नेपालको सांस्कृतिक र राजनीतिक क्षेत्रमा चिनियाँ प्रभावबारे गम्भीर बहस सुरु भएको छ ।   मन्त्री पाण्डे, जो कांग्रेस महामन्त्री गगन थापा र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग नजिक छन्, आफ्नो कार्यशैलीका कारण आलोचनाको केन्द्रमा छन् । स्रोतका अनुसार पाण्डे मन्त्री नियुक्त हुन गगन थापाको ठूलो भूमिका थियो । थप रूपमा, मन्त्री पाण्डेमाथि सातदोबाटो स्टेडियममा रहेको ...
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन

महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ९ मंसिर – भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन आज काठमाडौंमा सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियान, काठमाडौंले जिल्ला नागरिक उड्डयन प्राधिकरण कार्यालय, बबरमहलको अगाडि धर्ना कार्यक्रमको आयोजना गरेको थियो। धर्नामा सहभागीहरूले विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई बर्खास्त गर्न माग गरे। कार्यक्रममा अभियानका मधेश प्रदेश सम्पर्क समितिका संयोजक बिनोद सिंहले नेतृत्व गरेका थिए। कार्यक्रममा केन्द्रीय अध्यक्ष विनय यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर", "विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर", "नागरिक उड्डयन प्राधिकरणका असफल र भ्रष्ट महानिर्देशकलाई बर्खास्त गर", "चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर" जस्ता...
सार्वजनिक स्थानमा फोहोर फालेपछि १० हजार जरिवाना

सार्वजनिक स्थानमा फोहोर फालेपछि १० हजार जरिवाना

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना गरेको छ । आशिर्वाद पेन्ट्स प्रालिलाई नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर र ढोडेगाउँ बीचमा रहेको दोदरा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फाल्ने ग.१ ख. ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारवाहीका लागि नेपालगन्ज उपमहानगरपालिकामा पठाएको थियो । अभिनब बर्माले सामाजिक संजाल ‘फेसबुक’ मा सामग्री पोष्ट गरेर जानकारी गराए पश्चात नगर प्रहरीको पहलमा ट्राफिक प्रहरीले गाडी समातेको हो । नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोमैला फाल्ने विरुद्ध शून्य सहनशिलताको नीति लिएको बताउँदै लुकीछिपी फोहोर फालेको देखेमा जानकार...
दीपक मनाङे आजै कारागार चलान हुने

दीपक मनाङे आजै कारागार चलान हुने

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २७ कार्तिक – पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । मंगलबार काठमाडौँको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो लागिएको थियो । मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट अदालतमा उपस्थित गराइएको छ । त्यसपश्चात उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ । गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । मनाङेले मुद्धामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेका...
लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर, १५ कपिलवस्तु - कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै गएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै लागु औषध सेवनकर्ता तथा करोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आएदेखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्तिहरू पक्राउ गरि मुद्दा चलाएका छन्। उहाँ आएदेखि लागु औषधको ट्याबलेट, चरेस, ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न लागिपरेको तथा अन्य उत्कृष्ट काम गरे बापत कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार समेत प्रहरी निरिक्षक सुरज खत्रीले पाएको समाजसेवीहरू बताउँछन्। सोही क्रममा कार्तिक १४ बुधवारका दिन साझ ७ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि...
अदालतको अन्तरिम आदेशको अवहेलना गरे कडा कानुनी कार्वाही हुनेः प्रहरी प्रमुख एसपी कार्की

अदालतको अन्तरिम आदेशको अवहेलना गरे कडा कानुनी कार्वाही हुनेः प्रहरी प्रमुख एसपी कार्की

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक – जानकी गाउँपालिका वडा नं. ४, सहादतपुरमा रहेको चाचा ईट्टा उद्योगले अदालतको अन्तरिम आदेशलाई समेत नमान्ने बताएको छ । विहिबारका दिन ‘‘अटेरी गर्ने चाचा ईट्टा उद्योगलाई अदालतको अन्तरिम आदेश’’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि नेपाल ईट्टा उद्योग व्यवसायी संघले सो सम्बन्धी कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालयमा आवश्यक सहयोग सम्बन्धमा निवेदन दर्ता गराएको थियो । सोही निवेदनलाई जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालयलाई ‘‘आवश्यक कार्याथ सम्बन्धमा’’ उल्लेख गरि पत्र पठाएको थियो । सोही पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित जानकी गाउँपालिका प्रमुख छब्बन खान, चाचा ईट्टा उद्योगका प्रोप्राईटर नसिम खान तथा नेपाल ईट्टा उद्योग व्यवसायी संघका पदाधिकारीहरु बीच छलफल गराई अब उप्रान्त अदालतको आदेशानुसार कार्यान्वयन गर्ने गराउने भनी सहमति गराई प...