कबाड तस्करी, मासिक असुली गर्दै सशस्त्र प्रहरी
नेपालगन्ज, २२ असोज – कबाड व्यपारीहरुले सशस्त्र प्रहरीको चेक पोष्टबाटै खुलेआम तस्करी गरेका छन् । बर्दियाको गुलरिया नगरपालिकामा पर्ने लौकारी नाकाबाट तस्करी गर्ने गरेको पाइएको छ । कबाड व्यपारीहरु सँग सशस्त्र प्रहरीले मासिक रकम असुली गरेर तस्करी गर्न नाका खुला गरेको कबाड व्यपारीहरुको भनाई ।
भारतीय कबाडका व्यपारीहरु विहान पाखा नेपाल प्रवेश गरी सकेका हुन्छन् । दिनभरी नेपालको विभिन्न ठाउ“हरुबाट गाउँगाउँ गएर कबाड खरिद गरेर सा“झ बाँके र बर्दियाको विभिन्न ठाउँको खुल्ला नाकाबाट नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भन्सार नगराई भारत लाग्ने गरेका छन् । कबाड तस्करी गराउनका लागि एजेन्ट समेत चेकपोष्टमा बसेर कबाड लिएर आवत–जावत सहज गराउने गरेका हुन्छन् । राजापुर भन्सार कार्यालयका सुचना अधिकारी प्रमोद कुशवाहाका अनुसार कागजका कार्टुन लग्ने साईकल होस या गाडी नै हामी भन्सार गराएरै छोड्छौँ तर लौकाह...









