
नेपालगन्ज, ९ कार्तिक – कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाहीमाथि समाचार संकलनको क्रममा भएको कुटपिट र दुव्र्यवहारप्रति नेपाल प्रेस युनियन गम्भीर ध्यानाकर्षण गराउँदै कडा शब्दमा भत्र्सना गर्दछ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ बुच्चापुरमा बाघको आक्रमणबाट ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु भएको घटनाको समाचार संकलनका लागि मिति २०८२ कार्तिक ७ गते शुक्रबार घटनास्थलमा पुगेका पत्रकार शाहीमाथि केही स्थानीयले आक्रमण गरेको घटना अत्यन्तै दुःखद र निन्दनीय छ ।
पत्रकार शाहीका अनुसार, बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धितालमाथि भएको कुटपिटको भिडियो खिचेको कारण सो भिडियो मेटाउन दवाव दिँदै स्थानीयहरुले आफूमाथि कुटपिट गरेका थिए । पत्रकारको परिचय देखाउँदा देखाउँदै भएको यस्तो दुव्र्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र सूचना लिने–दिने अधिकार सुनिश्चित गरेको छ । सार्वजनिक स्थानमा समाचार संकलन गर्नु पत्रकारको दायित्व हो । यस्तो घटना केवल एक व्यक्तिमाथिको आक्रमण नभई सम्पूर्ण स्वतन्त्र पत्रकारितामाथिको आघात हो, जसले सञ्चार जगतको मर्यादामा चोट पु¥याएको युनियनको ठहर छ ।
नेपाल प्रेस युनियन बाँके, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । साथै, सञ्चारकर्मीहरुका लागि सुरक्षित, सम्मानजनक र सञ्चारमैत्री वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई युनियन आग्रह गर्दछ ।
